default_image

5 years ago

June 12, 2019

अन्तर विद्यालय फुटसल शुक्रबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको अन्तर विद्यालय फुटसल प्रतियोगिता शुक्रबारबाट सुरु हुने भएको छ । आयोजक कखरा ईभेन्ट म्यानेजमेन्ट प्रालिले बुधबार पत्रकार सम्मेलन गर्दै दुई दिने प्रतियोगिता शुक्रबारबाट सुरु हुने जानकारी गराएको हो । शनिबारसम्म संचालन हुने प्रतियोगितामा ३२ बढी विद्यालयको टिमले सहभागिता जनाउने छन् । च्यासलस्थित नेसनल स्पोर्ट्स सेन्टरमा आयोजना हुने प्रतियोगिता नकआउटका […]

39 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको अन्तर विद्यालय फुटसल प्रतियोगिता शुक्रबारबाट सुरु हुने भएको छ ।

आयोजक कखरा ईभेन्ट म्यानेजमेन्ट प्रालिले बुधबार पत्रकार सम्मेलन गर्दै दुई दिने प्रतियोगिता शुक्रबारबाट सुरु हुने जानकारी गराएको हो । शनिबारसम्म संचालन हुने प्रतियोगितामा ३२ बढी विद्यालयको टिमले सहभागिता जनाउने छन् । च्यासलस्थित नेसनल स्पोर्ट्स सेन्टरमा आयोजना हुने प्रतियोगिता नकआउटका आधारमा सञ्चालन हुनेछ ।

प्रतियोगिताको विजेताले ३० हजार प्राप्त गर्ने छन् । उपविजेताले २० हजार पाउने छन् । यस्तै विधागततर्फ सर्वोकृष्ट खेलाडी, गोलकिपर, फरवार्ड, मिडफिल्डर र प्रशिक्षकलाई ट्रफी र गिफ्टह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितालाई गोल्डेन गेट इन्टरनेसनल कलेजले मुख्य प्रायोजन गरेको छ । आयोजक र गोल्डेन गेटबीच बुधबार एक बर्षे प्रायोजन सम्झौतामा हस्ताक्षर भएको छ । गोल्डेन गेटका सिईओ रमेश सिलवाल र कखराका सिईओ कृष्ण प्रसाद कंडेलले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

April 5, 2024

एन्फालाई प्याराडाइमद्वारा २३ लाख प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) लाई कलेज फुटसल प्रतियोगिता आयोजना गर्न प्याराडाइम ग्रुप प्रालिले २३ लाख रुपैयाँको प्रायोजन गरेको छ । एन्फाले सामाजिक संजालमार्फत प्रतियोगिताको सम्पूर्ण प्रायोजन अधिकार तथा डिजिटल र ब्रोडकास्ट अधिकारका लागि प्याराडाइमसँग सम्झौता गरेको जनाएको छ । एन्फाका महासचिव किरण राई र प्याराडाइमका सिसन बानियाले प्रायोजन सम्झौतामा हस्ताक्षर […]

February 27, 2024

आइटी फुटसल कप हुने

काठमाडौं (हाम्रो खेलकुद) – एआइटिएम कलेजको आयोजनामा आइटी फुटसल कप २०२४ को आयोजना हुने भएको छ । ब्याचलर पढ्ने विद्यार्थीहरुलाई लक्षित गर्दै चैत ४ गते प्रतियोगिता हुने भएको हो । विजेताले ५० हजार र उपविजेताले २५ हजार प्राप्त गर्ने प्रतियोगिताको टाइसिट १ चैत्रमा सार्वजनिक हुनेछ । प्रतियोगिताका लागि ३० फाल्गुनसम्म दर्ता मिति रहेको छ । […]

January 22, 2024

भद्रकाली खुल्ला फुटसल फागुनमा

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको भद्रकाली खुल्ला फाइभ ‘ए’ साइड फुटसल प्रतियोगिता फागुन तेस्रो साता हुने भएको छ । भद्रकाली युवा क्लबको आयोजनामा प्रतियोगिता आउदो फागुन १८ र १९ गते रानीपौवा स्पाेर्ट्स सेन्टर पाेखरामा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागिताको लागि फागुन १७ सम्म समयसीमा तोकिएको छ । दर्ता शुल्क ४ हजार रुपैयाँ […]

Success

Thank you for your time.