default_image

6 years ago

June 15, 2019

लर्निङलाई फुटसल उपाधि

186 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- लर्निङ जोन एकेडमीले दोस्रो संस्करणको गोल्डेनगेट अन्तर विद्यालय फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।


शनिबार भएको फाइनलमा करियर बिल्डिङ एकेडमीलाई २–१ ले पराजित गर्दै लर्निङले उपाधि जितेको हो ।
च्यासलस्थित नेसनल स्पोर्ट्स सेन्टरमा लर्निङका लागि प्रविन लामा र प्रमित मगरले गोल गरे । करियरका आकाश साहले एक गोल फर्काए । उपाधिसँगै लर्निङले नगद ३० हजार रुपैया पायो । करियरले २० हजार रुपैयामा चित्त बुझायो ।

अजिज गुरुङ उत्कृष्ट गोलरक्षक, आकाश साह डिफेन्डर, आयुष श्रेष्ठ मिडफिल्ड, प्रविन लामा फरवार्ड र आशिष दाहाल उत्कृष्ट चुनिए ।

विजयी टोली तथा खेलाडीलाई राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक राजु काजी शाक्य र राष्ट्रिय फुटबल टिमका मिडफिल्डर बिक्रम लामालगायतले पुरस्कृत गरे । दुई दिने प्रतियोगितामा ३२ टोलीको सहभागिता रहेको थियो ।

September 18, 2025

एन्फाका फुटसल निर्देशक महर्जनको राजीनामा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]

September 17, 2025

एन्फाले फुटसल प्रशिक्षण सुरु गरेर रोकेको थियो

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]

September 17, 2025

एएफसीद्वारा एन्फामाथि १४ लाख बढी जरिवाना

काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]

Success

Thank you for your time.