6 years ago
June 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको टफिचु जुनियर च्याम्पियन्ससिप कप फुटसल प्रतियोगिता बिहीबारदेखि आयोजना हुने भएको छ ।

ग्रासरुट फुटसल एकेडेमीले सुर्य नेपाल प्राइभेट लिमिटेडको कन्फेक्सनरी ब्राण्ड टफिचुको प्रायोजनमा हुने प्रतियोगिता जुन २० बाट २३ जुनसम्म विभिन्न पाँच फुटसल भेन्युमा सञ्चालन हुनेछ । तीन विधामा हुने प्रतियोगितामा विभिन्न ८७ स्कुलको सहभागिता रहने आयोजकले जनाएको छ । तीन विधामा यु–११, यु–१३ र यु–१५ विधामा प्रतिस्पर्धा हुनेछ । च्याम्पियन्स कप ग्रासरुट फुटसल, शान्तिनगर फुटसल, सामाखुशी फुटसल, नेसनल स्पोर्टस् सेन्टर र बिजी ब्रदर्श फुटसलमा हुनेछ ।
यु–११ यसपटक थप गरिएको विधा हो । गतवर्ष यु–१२ र यु–१४ मा प्रतिस्पर्धा भएको थियो ।
यु–११ बाहेक बाँकी दुई विधा यु–१३ र यु–१५ का लागि पाँच भेन्युबाट शीर्षस्थान हात पार्ने टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । सेमिफाइनलमा ५ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । शीर्ष हुने टोलीले फाइनलमा स्थान बनाउनेछन् ।

यस प्रतियोगिताको लागि आयोजकले राष्ट्रिय फुटबल टोलीका पहिलो रोजाईका गोलरक्षक किरण कुमार लिम्बुलाई ब्राण्ड एम्वासडरमा नियुक्त गरेको छ । उनले प्रतियोगिता भर यस फुटसललाई नियाल्नेछन् । गत वर्ष यु–१२ मा रातो बंगला र यु–१४ मा शिवपुरी स्कुल विजेता बनेको थियो ।
September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]