default_image

6 years ago

June 19, 2019

एलए र जेम्स सेमिफाइनलमा

196 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – लिटिल एन्जेल्स स्कुल र जेम्स स्कुल राजधानीमा बुधबारबाट शुरु भएको दोस्रो संस्करणको टफिचु जुनियर च्याम्पियन्ससिप कप फुटसल प्रतियोगिता अन्तरगतको यु–११ तर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् ।

च्यासलस्थित नेसनल स्पोर्टस् सेन्टरमा बुधबार भएको क्वाटरफाइनलमा एल एले इपिएसलाई ३–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो । अर्काे क्वाटरफाइनलमा जेम्सले ज्ञान निकेतनमाथि ५–१ को फराकिलो जित निकाल्यो । क्वाटरफाइनलका दुई खेल बिहीबार हुने प्रतियोगिताको च्यासल भेन्यु संयोजक हरि लामाले बताएका छन् ।

बिहीबार हुने क्वाटरफाइनलमा रातो बंगला ‘ए’ पाठशाला तथा दोस्रो क्वाटरफाइनलमा रातो बंगला ‘बी’ र एस स्कुलबीच खेल हुनेछ ।
यु–११ तर्फ १२ टोलीको सहभागिता रहेको थियो । सहभागी टोलीलाई ४ समूहमा विभाजन गरिएको थियो । हरेक समुहका शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाएका थिए । यु–११ यसवर्ष थपिएको नयाँ विधा हो ।

बिहीबारदेखि नै यु–१३ र यु–१५ विधामा प्रतिस्पर्धा हुनेछ । च्याम्पियन्स कप ग्रासरुट फुटसल, शान्तिनगर फुटसल, सामाखुशी फुटसल, नेसनल स्पोर्टस् सेन्टर र बिजी ब्रदर्श फुटसलमा हुनेछ । सुर्य नेपाल प्राइभेट लिमिटेडग्रासरुट फुटसल एकेडेमीले सुर्य नेपाल प्राइभेट लिमिटेडको कन्फेक्सनरी ब्राण्ड टफिचुको प्रायोजनमा प्रतियोगिता शुरु भएको हो ।

September 18, 2025

एन्फाका फुटसल निर्देशक महर्जनको राजीनामा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]

September 17, 2025

एन्फाले फुटसल प्रशिक्षण सुरु गरेर रोकेको थियो

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]

September 17, 2025

एएफसीद्वारा एन्फामाथि १४ लाख बढी जरिवाना

काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]

Success

Thank you for your time.