6 years ago
June 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – समृद्धि कलेजले एसईई फुटसल कपको उपाधि जितेको छ ।

कुपण्डोल सानेपास्थित नाइटिङ्गेल कलेजको फुटसल मैदानमा शुक्रबार भएको निकै न प्रतिस्पर्धात्मक खेलमा समृद्धिले आयोजक नाइटिङ्गेल कलेजलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि हात पारेको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।
उपाधिसँगै समृद्धिले २० हजार रुपैयाँ पायो । विधागततर्फ समृद्धिुका चन्दनकुमार दास बेष्ट प्लेयर, नाइटिङ्गेलका निखिल कार्की वेष्ट किपर र नाइटिङ्गेलका पुकार बलामीले सर्वाधिक गोलकर्ता बने । उनीहरुले कलेजको तर्फबाट नगद पुरस्कार, मेडल र सर्टिफिकेट लगायतकक्षा ११ मा अध्ययन गर्न पूर्ण छात्रवृत्ति दिइएको जनाइएको छ । नकआउटको आधारमा दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा एसईई दिएर बसेका विभिन्न ८ टिमले सहभागिता जनाएको थियो ।
September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]