default_image

6 years ago

June 23, 2019

कौस्तुभ, ड्याफोडिल र किड्सलाई टफिचु जुनियर च्याम्पियन्स कप उपाधि

239 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको टफिचु जुनियर च्याम्पियन्ससिप कप फुटसल प्रतियोगितामा कौस्तुभ एकेडेमी, ड्याफोडिल स्कुल र किड्स् लर्निङले विभिन्न उमेर समूहमा उपाधि जितेका छन् ।

ग्रासरुट फुटसल एकेडेमीमा आइतबार भएको उपाधि भिडन्तमा कौस्तुभ यु–१५ मा, ड्याफोडिल यु–१३ मा र किड्स लर्निङ यु–११ मा च्याम्पियन बन्न सफल भएका हुन् । यु–१५ तर्फ कौस्तुभले सेन्ट जेभियरलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गर्दै उपाधि जित्यो । यु–१३ मा ड्याफोडिलले संस्कृतिमाथि ९–१ को फराकिलो जित निकाल्दै उपाधि जित्न सफल भयो । यस्तै यु–११ तर्फ किड्स लर्निङले मंगलदीपमाथि २–० को जित निकाल्यो ।

यु–१५ तर्फ कौस्तुभका विवेश मगर प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भए । कौस्तुभका सुजन खवास उत्कृष्ट गोलरक्षक, गुरुकुलका आरभ खायजु उदियमान खेलाडी र उनी नै सर्वाधिक गोलकर्ता चुनिए । उदियमान टिम राजर्षि गुरुकुल र फेयर प्ले को उपाधि नेपाल तारा स्कुलले पायो । वन शर्मा पौडेले उत्कृष्ट प्रशिक्षक चुनिए ।

यु–१३ तर्फ ड्याफोडिलका कविर तामाङ मोस्ट भ्योलएबल खेलाडी, प्लेयर अफि दि टुर्नामेन्ट, सर्वाधिक गोलकर्ता र फाइनल खेलको म्यान अफ दि म्याच घोषित भए । ड्याफोडिलका पदम तामाङ गोलरक्षक र रोशन राज पन्त उत्कृष्ट प्रशिक्षक चुनिए । रोजबडले फेयर प्ले अवार्ड जित्यो । गुरुकुलका कर्णदिप श्रेष्ठ उदियमान खेलाडी र गुरुकुल नै उदियमान टिम बन्यो ।

यु–११ तर्फ किड्सका योगेश नेगी सर्वाेत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता बने । किड्सका कुलदेव तितुङ प्लेयर अफ दि टुर्नामेन्ट घोषित भए । किड्सकै अनिश लामा उत्कृष्ट गोलरक्षक र अमृत लामा उत्कृष्ट प्रशिक्षक बने । लिटिल एन्जल्र्सका प्रस्यान तुलाधर उदियमान खेलाडी बने । त्रि नेत्रले फेयर प्ले अवार्ड र गेट वे स्कुल उदियामान टोलीको अवार्ड पाए । विजयी खेलाडीहरुलाई नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङ, आयोजक सुर्य नेपालका विभिन्न प्रतिनिधिहरुले पुरस्कृत गरे ।

सुर्य नेपाल प्राइभेट लिमिटेडको कन्फेक्सनरी ब्राण्ड टफिचुको प्रायोजन तथा ग्रास रुट फुटसलको आयोजनामा गत बिहीबारदेखि काठमाडौं उपत्यकाका विभिन्न ५ भेन्युमा भएको प्रतियोगिता भएको थियो ।

५ भेन्युको कार्यक्रम संयोजकमा ग्रासरुट फुटसल एकेडेमीका निर्देशक राजु श्रेष्ठ रहेका थिए । च्यासलमा हरि लामा, बिजी ब्रदर्शमा राज कुमार घिसिङ, शान्तिनगर फुटसलमा विनोद केसी र राजुकुमार पन्त, सामाखुशीमा सन्देश श्रेष्ठ र ग्रासरुटमा चेतन राज घिमिरेले भेन्युको को अर्डिनेटर गरेका थिए ।

५ भेन्युबाट यु–१३ र यु–१५ मा ५ टोलीले सेमिफाइनलमा स्थान बनाएका थिए । उनीहरुलाई दुई समूहमा विभाजन गरेर खेलाउदै शीर्ष दुई टोलीलाई फाइनल खेलाएका थिए । प्रतियोगितामा तीन विधामा विभिन्न ८७ स्कुलले सहभागिता जनाएका थिए ।

September 18, 2025

एन्फाका फुटसल निर्देशक महर्जनको राजीनामा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]

September 17, 2025

एन्फाले फुटसल प्रशिक्षण सुरु गरेर रोकेको थियो

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]

September 17, 2025

एएफसीद्वारा एन्फामाथि १४ लाख बढी जरिवाना

काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]

Success

Thank you for your time.