default_image

5 years ago

August 15, 2019

खेलकुद विज्ञानलाई टीयू फुटसल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – खेलकुद विज्ञानले टीयू फुटसल प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा खेलकुद विज्ञानले शिक्षाशास्त्रको केन्द्रिय विभागलाई ९-३ ले पराजित गरेको हो । फाइनल खेलमा खेलकुद विज्ञानका लागि रुकेश श्रेष्ठ, कविराज राई र रविन्द्र शिलाकारले २-२ गोल गरे । सम्राट थापा, विवेक थापा र महेश मल्ल ठकुरीले १-१ गोल गरे । प्रतियोगिताभर उत्कृष्ट […]

40 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – खेलकुद विज्ञानले टीयू फुटसल प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा खेलकुद विज्ञानले शिक्षाशास्त्रको केन्द्रिय विभागलाई ९-३ ले पराजित गरेको हो ।

फाइनल खेलमा खेलकुद विज्ञानका लागि रुकेश श्रेष्ठ, कविराज राई र रविन्द्र शिलाकारले २-२ गोल गरे । सम्राट थापा, विवेक थापा र महेश मल्ल ठकुरीले १-१ गोल गरे । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका खेलकुद विज्ञानका रुकेश श्रेष्ठ प्रतियोगिताको उत्कृष्ट खेलाडी भए । खेल विज्ञानकै रविन्द्र शिलाकार सर्वाधिक गोलकर्ता तथा महेश मल्ल ठकुरी उत्कृष्ट गोलरक्षक बने ।

उपाधिसँगै विजेता टोलीले १० हजार रुपैयाँ प्राप्त गर्यो । उपविजेता शिक्षाशास्त्रले ४ हजार रुपैयाँ प्राप्त गर्यो । प्रतियोगितामा कुल १७ टोलीको सहभागिता रहेको थियो । पीसी विश्वविद्यालय विद्यार्थी संघद्वारा आयोजित प्रतियोगिता २ दिन चलेको थियो ।

February 27, 2024

आइटी फुटसल कप हुने

काठमाडौं (हाम्रो खेलकुद) – एआइटिएम कलेजको आयोजनामा आइटी फुटसल कप २०२४ को आयोजना हुने भएको छ । ब्याचलर पढ्ने विद्यार्थीहरुलाई लक्षित गर्दै चैत ४ गते प्रतियोगिता हुने भएको हो । विजेताले ५० हजार र उपविजेताले २५ हजार प्राप्त गर्ने प्रतियोगिताको टाइसिट १ चैत्रमा सार्वजनिक हुनेछ । प्रतियोगिताका लागि ३० फाल्गुनसम्म दर्ता मिति रहेको छ । […]

January 22, 2024

भद्रकाली खुल्ला फुटसल फागुनमा

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको भद्रकाली खुल्ला फाइभ ‘ए’ साइड फुटसल प्रतियोगिता फागुन तेस्रो साता हुने भएको छ । भद्रकाली युवा क्लबको आयोजनामा प्रतियोगिता आउदो फागुन १८ र १९ गते रानीपौवा स्पाेर्ट्स सेन्टर पाेखरामा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागिताको लागि फागुन १७ सम्म समयसीमा तोकिएको छ । दर्ता शुल्क ४ हजार रुपैयाँ […]

October 9, 2023

फुटसल एसिया कपमा नेपालको अर्कोको हार

काठमाडौं (हाम्रो खेलकुद) –नेपाली राष्ट्रिय फुटसल टोलीले एएफसी फुटसल एसिया कपमा लगातार दोस्रो हार व्यहोरेको छ । मंगोलियाको बुयाान्ट उखा स्पोर्टस् प्यालेसमा सोमबार भएको खेलमा नेपाल भियतनामसँग ५–० ले पराजित भएको हो । लगातार दोस्रो खेलमा नेपालले ५ गोल खाएको छ । शनिबबार भएको खेलमा नेपालले दक्षिण कोरियसँगको खेल ५–१ ले गुमाएको थियो । समूह […]

Success

Thank you for your time.