6 years ago
September 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल फिजियोथेरापी संघ (नेप्टा) ले विश्व फिजियोथेरापी दिवसको अवसरमा आयोजना गरेको दोस्रो नेप्टा अन्तर फिजियो फुटसल प्रतियोगिताको उपाधि फास्ट ट्वीचले जितेको छ ।

उपाधिका लागि फास्ट ट्वीचले फाइनलमा पीएनएफ च्याप्टर २ लाई २-१ ले पराजित गरेको थियो । पीएनएफका उमेश अधिकारी सर्वोत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्ट गोलरक्षक मणिपाल ब्वाइजका अनमोल राई घोषित भए । पीएनएफ च्याप्टर २ ले फेयर प्ले उपाधि प्राप्त गर्यो । विजयी खेलाडी तथा टोलीलाई नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान विराज महर्जनले पुरस्कृत गरे ।
त्यसअघि पिटी म्याजेस्टिक र मणिपाल ब्वाइजको चुनौती सेमिफाइनलमा नै समाप्त भएको थियो । कुल ८ टोली सहभागी प्रतियोगितामा दुई समूहमा ४-४ टोली रहेका थिए । शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान पक्का गरेका थिए ।अर्थोप्लास्ट रातो र निलो, सुस्वास्थ्य अल्ट्रासोनिक्स तथा रिभाइभले समूह चरण पार गर्न सकेनन् ।

प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले गरेका थिए । उनले नेप्टा अध्यक्ष लक्ष्मण अधिकारीलाई पेनाल्टी प्रहार गर्दै विधिवत उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा नेप्टाको कार्यकारी समिति र ह्युम्यानिटि इन्क्लुजनबीच मैत्रीपूर्ण खेल भएको थियो । उक्त खेल नेप्टा टोलीले जितेको थियो ।
खेलकुद पनि फिजियोथेरापीको महत्त्वपूर्ण विधा रहेकाले खेलकुदकै माध्यमबाट नेपालभर रहेका फिजियोथेरापिस्टहरुलाई एकतृत गरेर विश्व फिजियोथेरापी दिवस मनाउन प्रतियोगिता आयोजना गरेको नेप्टा महासचिव समिद कतिला श्रेष्ठले जानकारी दिए । गतवर्ष पनि नेप्टाले यो प्रतियोगिता आयोजना गरेको थियो ।
September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]