6 years ago
September 16, 2019
काठमाडौं (हाम्रो खेलकुद) – ताम्रकार समाजको आयोजनामा हुने द ब्रिटीस कलेज चौथो ताम्रकार फूटसल प्रतियोगिताका २०१९ को तयारी पुरा भएको छ ।

आयोजकले असोज ४ र ११ गते शनिबार हुने प्रतियोगिताका लागि ट्रफी, जर्सी र खेल तालिका आइतबार एक पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ । प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा समाजका ६० भन्दा बढी खेलाडीहरुको सहभागिता रहने ताम्रकार समाजका अध्यक्ष रविन्द्र राज ताम्रकारले जानकारी दिए ।
प्रतियोगिताको कुल अनुमानीत खर्च साढे चार लाख रहेको छ । जसको १ लाख ६० हजार मुख्य प्रायोजक द ब्रिटीस कलेजले प्रदान गर्नेछ । प्रतियोगितामा वि.के. सुन चाँदी पसल, भैरवनाथ आईरण इण्डष्ट्री, दिल ह्याण्डीक्राफ्ट करुणामय मेटल क्राफ्ट, ताम्र मेटल वर्क, जेन्ज ग्यारेज, ओरियन इलेक्ट्रिकल, टेकम्याकस टाइगर गरि ८ टोलीको नामकारण गरिएको छ । करुणामय मेटल क्राफ्ट गत वर्षको च्याम्पियन टोली हो । प्रतियोगिताको सबै खेल सानेपा स्थित फिल्ड फुटसल ग्राउण्ड होममा हुने छ ।
विजेता र उप विजेताले आकर्षक ट्रफी र मेडलको साथै नगद पुरस्कार पाउने ताम्रकार समाजले जनाएको छ । तर नगद रकम बारे भने आयोजकले खुलाउन चाहेन । अध्यक्ष रविन्द्र राज ताम्रकारले यस फूटसलले समाजमा भाईचारा अभिवृद्धि गर्नुको साथै समाजमा सकारात्मक परिवर्तनको संदेश जाने बताए ।
September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]