6 years ago
September 24, 2019
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तरगतको फुटसल कमिटिले राष्ट्रिय फुटसल टोलीका लागि तेस्रो चरणमा १८ खेलाडी छनोट गरेको छ ।

फुटसलका मुख्य प्रशिक्षक विष्णु गुरुङ र प्रशिक्षक गौरव बस्नेतले दोस्रो चरणमा रहेका २५ सदस्यीय टोलीबाट ७ खेलाडी कटौती गर्दै १८ सदस्यीय टोली घोषणा गरेको हो । कमिटिले यसअघि १९ भदौंमा २५ सदस्यीय टोली घोषणा गरेको थियो । अमित लामा, जेनिस प्रजापती, नेत्र बहादुर श्रेष्ठ, राफी महर्जन, रुपेश क्षेत्री, सुशान श्रेष्ठ र उर्जेन शेर्पाले तेस्रो चरणमा स्थान बनाउन सकेनन् ।
यही १८ सदस्यीय टोलीबाट १४ सदस्यीय टोलीको अन्तिम छनोट गरिनेछ । त्यसरी तयार हुने टोलीले अर्को वर्ष हुने एएफसी फुटसल च्याम्पियनसिपको छनोट खेल खेल्नेछ । छनोट खेल इरानमा अक्टोबरमा हुनेछ । सेन्ट्रल र साउथ जोन अन्तरगत छनोटमा नेपाल ताजिकिस्तान, उज्वेकिस्तान र अफगानिस्तान रहेको समूह ‘ए’ मा रहेको छ ।

नेपालले पहिलो खेलमा ताजिकिस्तानसँग अक्टोवर २३ मा खेल्नेछ । २४ अक्टोवरमा उज्वेकिस्तान र २५ अक्टोवरमा समूहको अन्तिम खेलमा अफगानिस्तानसँग खेल्नेछ । राउन्ड रोविनपछि ६ वटा समूहका विजेता टोलीले फाइनल चरणमा प्रवेश पाउनेछन् । आयोजक राष्ट्रको हैसियतमा तुर्के्निस्तानले सोझै फाइनल चरण खेल्नेछ ।
तेस्रो चरणमा छनोट भएका खेलाडी:
१.आदिल हामिद, २.आषिश लामा, ३.अभय राना, ४.अनिश श्रेष्ठ, ५.अरुज सिंह, ६.विजय गुरुङ, ७.विजय श्रेष्ठ, ८.बिनोद गुरुङ, ९.दिपेश घले, १०.मणि लामा, ११.नबिन लामा, १२.निर्मल गुरुङ, १३.रविचन्द्र थापा, १४.सन्जोक चाम्लिङ राई, १५.सरोज तामाङ, १६. सुमित आले, १७.सुरज गुरुङ, १८.मिसन लामा
September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]