6 years ago
September 29, 2019
काठमाडौं (हाम्रो खेलकुद)– द ब्रिटीस कलेज चौथो ताम्रकार फूटसल प्रतियोगिताका २०१९ को उपाधि भैरवनाथ आईरण इण्डष्ट्रीले जितेको छ ।

शनिबार सानेपास्थित फिल्ड फुटसलमा भएको प्रतियोगिताको फाइनलमा बि.के सुन चाँदी पसललाई १-० ले पराजित गर्दै उपाधि हात पारेको हो । प्रतियोगिताको विजेता भैरवनाथ र उपविजेता बि.केले क्रमश २० हजार र १० हजार रुपैयाँसहित आकर्षक ट्रफी र मेडल प्राप्त गरे । दुवै टोलीले पुरस्कार स्वरुप प्राप्त रकम समाजको ज्येष्ठ नागरिक कोषमा प्रदान गरे ।
त्यसअघि पहिलो सेमिफाइनलमा बि.के ले करुणामय मेटल क्राफ्टलाई टाइब्रेकरमा २-१ ले पराजित गर्दै फाइनलमा पुगेको थियो । निर्धारित समय गोलरहित बराबर भएपछि पेनाल्टी सुटआउटमा पुगेको थियो । त्यस्तै दोस्रो सेमिफाइनलमा भैरभनाथले टेकम्याकस टाइगरलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको थियो ।

यू-१४ उमेर समुहमा ड्रागन ह्याण्डीक्राफ्टले सिटी ह्याण्डीक्राफ्टलाई २-० ले पराजित गर्दै उपाधि जित्यो । त्यसअघि सेमिफाइनलमा ड्रागनले युश्रा मेटल क्राफ्टलाई ४-१ तथा सिटीले एनआर ह्याण्डीक्राफ्टलाई ३-० ले हराएको थियो । अन्य मैत्रीपूर्ण खेलमा ताम्रकार समाजले ब्रिटिस कलेजलाई ५-२ ले हरायो । महिलातर्फ टिम पहेंलोले टिम ओरेन्जमाथि २-१ को जित दर्ता गर्यो । भेट्रानतर्फ टिम एले टिम बीमाथि ५-३ को जित दर्ता गर्यो ।
प्रतियोगितामा बि.केका दीप बाराही सर्वोउत्कृष्ट खेलाडी घोषित भए । त्यस्तै भैरवनाथका युमन ताम्रकार उत्कृष्ट गोलकिपर र आशिष ताम्रकार उत्कृष्ट प्रशिक्षक घोषित भए । यू-१४ उमेर समूहमा सिटी ह्याण्डीक्राफ्टका रेहन बाराही उत्कृष्ट चुनिए । सर्वाधिक गोलकर्तामा भैरवनाथका आशिष ताम्रकारसँगै दिल ह्याण्डीक्राफ्टक लेउसान ताम्रकार र दिनेश ताम्रकारले ४-४ गोल गरे ।

विजयी खेलाडी तथा टोलीलाई प्रमुख अतिथि नेपाल प्रहरीका डीआईजी पिताम्बर अधिकारी, द ब्रिटिस कलेजका प्रिन्सिपल जो फोस्टर एलिस तथा ताम्रकार समाजका अध्यक्ष रविन्द्रराज ताम्रकार लगायतले पुरस्कृत गरे ।
ताम्रकार समाजको आयोजनामा भएको यस प्रतियोगितामा बि.के.सुन चाँदी पसल, भैरवनाथ आईरण इण्डष्ट्री, दिल ह्याण्डीक्राफ्ट, करुणामय मेटल क्राफ्ट, ताम्र मेटल वर्क, जेन्ज ग्यारेज, ओरियन इलेक्ट्रिकल,टेकम्याकस टाइगर रहेका थिए । प्रतियोगिताको मुख्य प्रायोजक द ब्रिटीस कलेज रहेको थियो ।

September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]