6 years ago
October 25, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फुटसल टोली एएफसी फुटसल च्याम्पियनसिप छनोटमा जित विहिन भएर फर्केने भएको छ । मध्य र तथा दक्षिण एसियाली छनोटको समूह ए मा रहेको नेपाल शुक्रबार अफ्गानिस्तानसँग ६–२ ले पराजित हुँदै घर फर्कन लागेको छ । नेपाल अघिल्ला दुई खेलमा ताजकिस्तान र उज्वेकिस्तानसँग पराजित भएको थियो ।
३ खेलमा नेपालले १६ गोल खायो भने ३ गोल फर्कायो । शुक्रबार मोहसेन रेजायीको गोलबाट अफ्गानिस्तानले दोस्रो मिनेटमा अग्रता लिएको थियो । छैटौं मिनेटमा आदिल हामिदले गोल गर्दै खेल बराबरिमा ल्याए। १२औं मिनेटमा सेयेद होसेइन मौसभिले गोल गरेपछि अफगानिस्तानले पुनः अग्रता लिएको थियो ।
नेपालका लागि १६ औं मिनेटमा मणी लामाले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए। १७ औं मिनेटमा अफ्गानिस्तानका अक्बर काजेमीले गोल अफगानिस्तानले तेस्रो पटक अग्रता लियो । अफगानिस्तानका लागि मेहदी हशेमी २७ औं फर्जाद महमोदीले ३६ औं र खेलको अन्तिम मिनेटमा सेयेद होसेइन मौसभिले गोल गरेपछि अफगानिस्तानले फराकिलो जित दर्ता गर्यो ।
छनोटमा नेपालको यो लगातार तेस्रो हार हो । ताजिकिस्तानसँग ६-० ले पराजित भएको नेपाल अर्को खेलमा उज्वेकिस्तानसँग खेल ४-१ ले गुमाएको थियो । अर्को वर्ष तुर्केमिनिस्तानमा हुने एएफसी फुटसल च्याम्पियनसिपका लागि नेपाल सम्मीलित समूह ए बाट उज्वेकिस्तान र ताजिकिस्तान छनोट भएका छन् ।
September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]