6 years ago
January 17, 2020
काठमाडौं (हाम्रो खेलकुद)– महिला प्रिमियर लिग (एमपिएल) फुटसलको तेस्रो संस्करण शनिबार सुरु हुने भएको छ । आयोजक दि वि युनाइटेडले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको शनिबार सुरु भएर छ साता (फागुन १० गते) सम्म चल्ने जानकारी गराइएको छ ।
लिगका खेलहरु खेल हरेक साताको शनिबार ग्रासरुट रिक्रिएसन सेन्टर, मन्डिखाटार र बालुवाटारको एक्ससेल फुटसलमा हुने प्रतियोगिता व्यवस्थापक सिलिका शाक्यले पत्रकार सम्मेलनमा जानकारी दिइन् । उनका अनुसार लिगमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । लिगमा एबिसी फुटसल, ढुकु फुटसल, बार्सा नेपाल, एमयुएफसी फुटसल, कुमारी फुटसल, लाकुर फुटसल, फुटसल एरेना र दि माइथी महिलाज्ले प्रतिस्पर्धा गर्नेछन् ।
८ टोलीले एक अर्कासँग खेल्नेछ । बढी अंक जोड्ने टोली लिग च्याम्पियन बन्नेछ । विजेतालाई नगद पुरस्कार नभई आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । लिगलाई युरोपियन युनियनले मुख्य प्रायोजन गरेको छ ।
लिगका लागि टिमको अवस्था हेरेर टोली छनोट गरिएको आयोजकले जनाएको छ । हरेक टिमा १०–१० जना खेलाडी रहनेछन् । लिगका लागि प्रशिक्षकहरु महिला नै राखिएको र रेफ्रीहरु पनि महिला नै राख्ने प्रयास गरिने आयोजकको योजना छ ।
September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]