default_image

6 years ago

February 1, 2020

क्याप टिम र प्रोजेक्ट डीलाइटलाई एनआइसी एसिया फुटसलको उपाधि

274 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एनआइसी एसिया फुटसल कपमा महिलातर्फ क्याप टिम र पुरुषतर्फ प्रोजेक्ट डीलाइट च्याम्पियन बनेका छन् ।

धन्यन्तरीस्थित फुटसल कोर्टमा शनिबार भएको एकदिने प्रतियोगितामा पुरुषतर्फ २४ र महिलातर्फ ८ टोलीको सहभागिता रहेको थियो । महिलातर्फ फाइनलमा क्यापले टिम डीएनएलाई १-० ले पराजित गर्दै उपाधि जित्यो । विजेता टोलीकी स्मृति खत्री उत्कृष्ट खेलाडी बन्दा पुजा कुँवर उत्कृष्ट गोलरक्षक घोषित भइन् । फाइनलमा पराजित डीएनएकी रुविना थापाले ४ गोलसहित सर्वाधिक गोलकर्ताको उपाधि जितिन् ।

पुरुषतर्फ फाइनलमा प्रोजेक्ट डीलाइटले क्याप टिमलाई टाइब्रेकरमा पराजित गरेको थियो । निकै प्रतिस्पर्धात्मक फाइनलको निर्धारित समय २-२ को बराबरीमा सकिएको थियो । प्रोजेक्ट डीलाइटले टाइब्रेकरमा ३-२ को अन्तरले जित हात पर्दै उपाधि कब्जा गर्यो । विधागत उत्कृष्टतर्फ विजयी टोलीको वर्चस्व रहयो । उत्कृष्ट खेलाडीमा ठाकुर श्रेष्ठ तथा उत्कृष्ट गोलरक्षक अनिल ढकाल भए । प्रतियोगिता अवधिभर ७ गोल गर्दै सर्वाधिक गोलकर्ता पनि विजयी टोलीका रितेश अधिकारी नै भए ।

विजयी टोली र खेलाडीलाई बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङले पुरस्कृत गरे ।

पुरुषतर्फ सहभागी टोली :

ग्राउन्ड ए :

समूह ए : टिम आईटि, टिम डीएनए, लिगल

समूह बी : एसपीओ-बालाजु, ट्रान्ज्याक्सन ब्याङकिङ, प्रोजेक्ट डीलाइट

समूह सी : एसपीओ-पुल्चोक, आईआरएमडी, सेन्ट्रल सपोर्ट

समूह डी : एसपीओ-कर्पोरेट, एसपीओ-थानकोट, इन्टर्नल अडिट

ग्राउन्ड बी :

समूह ए : एसपीओ-कमलादी, क्याप, कार्ड्स

समूह बी : एसपीओ-चाबहिल, क्याड, डीबी एण्ड सीएएसए

समुह सी : एसपीओ-भक्तपुर, थिंक ट्यांक, एसपीओ-महाराजगंज

समुह डी : एसपीओ-न्युरोड, लोन रिकभरी, टिम एस्युरेन्स

महिलातर्फ :

समूह ए : सेन्ट्रल सपोर्ट, टिम डीएनए, ट्रान्ज्याकसन ब्याङ्किङ, एसपीओ-महाराजगन्ज

समूह बी : एसपीओ-चाबहिल, टिम कमलादी, एसपीओ-भरतपुर, क्याप

तस्बिरहरु :

September 18, 2025

एन्फाका फुटसल निर्देशक महर्जनको राजीनामा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]

September 17, 2025

एन्फाले फुटसल प्रशिक्षण सुरु गरेर रोकेको थियो

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]

September 17, 2025

एएफसीद्वारा एन्फामाथि १४ लाख बढी जरिवाना

काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]

Success

Thank you for your time.