6 years ago
June 1, 2020
एजेन्सी – रियल म्याड्रिडका प्रशिक्षक तथा फ्रान्सेली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान जिनेदिन जिदानले कोरोनाबाट प्रभावित भएको फुटसल क्षेत्र बचाउको लागि आवाज उठाएका छन् ।

जिदानले फ्रान्समा रहेका झन्डै २ सय ५० फुटसल सेन्टरहरुको आवाज बुलन्द पार्न अगाडी सारिएको कदममा आफ्नो पनि साथ रहने बताएका छन् । कोरोनाका कारण लामो समयदेखि बन्द गरिएको फुटसल अब खोल्नुपर्ने, र त्यसो सम्भव नभएका विकल्प खोज्नुपर्ने उनको भनाइ छ । फुटसल सामाजिक दुरी राखेर खेल्न सकिन्छ भने सुचारु गर्ने र त्यसो गर्न सकिन्न भने अन्य प्रायोजनका लागि भएपनि खोल्नुपर्ने उनको भनाइ छ ।
‘मैले सानो उमेरमा सडकमा खेलेर हुर्किएको हुँ । मैले खेलबारे थाहा नहुँदा पनि रमाइलोका लागि खेल्ने गर्दथें । मैले एक आपसमा भाइचारा बढाउन र खेलेर खुसी साट्न मैदान प्रवेश गर्थें, ‘ जिदानले जोर्नल दे दिमान्सलाई बताए ।
‘हामीले फुटसललाई यस्तो कठिन अवस्थामा सहयोग गर्नुपर्छ । फुटसल धेरैका लागि फुटबल सिक्ने आधार बनेको छ । फुटबलका प्राविधिक पक्षमा बलियो पार्न यसले भुमिका खेलेको छ । मैले अहिले आएर यसले हामीलाई कति सहयोग गरेको छ भन्ने महसुस गर्दैछु,’ रियलका प्रशिक्षकले थपे ।
जिदानले फुटसलको लागि पहिलो पटक कदम चालेका भने हैनन् । उनले यसअघि पनि विभिन्न च्यारिटी खेलमा उपस्थिति जनाएका छन् । जिदान आफैंले पनि फ्रान्समा ‘जेड५’ नामका दुई प्रशिक्षण केन्द्र खोलेका छन् ।
फुटसलको समर्थनमा फ्रान्सेली टोलीका डिफेन्डर बेन्जामिन मेन्डी, फरवार्ड विसाम बेन येडर, मिडफिल्डर अलु डियारा तथा पूर्व खेलाडी रोबर्ट पिरेस लगायतले पनि आवाज उठाएका छन् ।
September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]