5 years ago
June 24, 2020
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल फुटसल व्यवसायी संघले फुटसल व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने मागसहित काठमाडौं जिल्ला प्रशासनमा ज्ञापन पत्र बुझाएको छ । संघका अध्यक्ष राज महर्जनको नेतृत्वमा बुधबार गएको टोलीले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई ज्ञापनपत्र बुझाएको हो ।

कोरोना भाइरस कोभिड १९ का कारण सरकारले चैत ११ गते लकडाउन गरेयता खेलकुद गतिविधि ठप्प छ । सरकारले अहिले पनि खेलकुद गतिविधि सञ्चालनका लागि अनुमति दिएको छैन । त्यसकारणले फुटसल व्यवसाय चरम आर्थिक संकटमा परेको संघको दाबी छ ।
फुटसल मैदानको माध्यमबाट बृद्ध, युवा, अपाङ, बालक तथा अन्य सबैको लागि मानसिक शारीरिक तन्दुरस्ताका साथै मनोरञ्जन, मित्रता, अन्तर्राष्ट्रिय पहिचान, राष्ट्रियता कायम गर्न मद्दत पुगेको संघले ज्ञापन पत्रमा उल्लेख गरेको छ ।
सरकारले खेलकुद गतिविधिका लगि कुनै पहल गरेको नदेखिएकोले फुटसल व्यवसाय तत्काल सञ्चालनको प्रबन्ध गरिदिन संघले जिल्ला प्रशासनलाई आग्रह गरेको छ । फुटसल सञ्चालकलाई विद्युत महसुस, जग्गा भाडा, बैंकको ब्याज र कर्मचारीको पारिश्रमिक र दैनिक खर्चका लागि कठिनाई भएको पनि संघले उल्लेख गरेको छ ।
फुटसल सञ्चालनका लागि अनुमति दिइएमा संघले मैदान परिसरमा प्रवेश गर्नुअघि खेलाडीको तापक्रम जाँच, साबुन पानीको व्यवस्था, सेनिटाइजर, बाथरुमको उचित व्यवस्थापन, कर्मचारीको स्वास्थ्यमा विशेष ध्यान दिनुका साथै फुटसल मैदानमा बढीमा १० जनालाई मात्र प्रवेश गराउने प्रतिबद्धता जाहेर गरेको छ । पछिल्लो केहि बर्षयता राजधानीसहित मुख्य सहरहरुमा सयौंको संख्यामा फुटसल सञ्चालनमा छन् ।
September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]