5 years ago
September 22, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल फुटसल व्यवसायी संघले विगत ६ महिनादेखि बन्द रहेको फुटसल भोलि (बुधबार) देखि देशभर नियमित सञ्चालन गर्ने घोषणा गरेको छ ।

फुटसल व्यवसायी संघको मंगलबार बसेको बैठकले कोरोना महामारीको त्रासका कारण देशभर ठप्प रहेका फुटसल कोर्टहरु बुधबारदेखि सञ्चालनमा ल्याउने घोषणा गरेको हो । कोरोनाका कारण निजी क्षेत्रबाट लगानी गरी नागरिकको मानसिक, शारीरिक, स्वास्थ्य र मनोरन्जन कायम गराउने अभिप्रायले अरबौ खर्च गरी सञ्चालनमा रहेका देशभरिका फुटसल सञ्चालनमा नहुदा व्यवसायीहरु चरम आर्थिक मारमा परेको संघले जनाएको छ ।
पछिल्लो समय नेपालमा पनि लकडाउन खुकुलो भएसँगै अति भीडभाड हुने विभिन्न व्यवसायिक क्षेत्रहरु खुकुलो भएको अवस्थामा फुटसल व्यवसायीहरुको छाता संगठन नेपाल फुटसल व्यवसायी संघले जिल्ला प्रशासन कार्यलयमार्फत सावधानी अपनाई फुटसल खोल्नको अनुमतिको लागि ज्ञापनपत्र बुझाएको थियो । त्यसमा सरकार उदासिन रहेका कारण बाध्य भएर फुटसल बुधबारदेखि सञ्चालनमा ल्याउने संघले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्डअनुसार अन्य व्यवासयिक क्षेत्रभन्दा धेरै सुरक्षित तरिकाले फुटसल सञ्चालन गर्न सकिने विज्ञप्तिमा उल्लेख छ । हामीले सरकारलाई बुझाएको ज्ञापनपत्रमा खेल सञ्चालन गर्दा खेलाडीको तापक्रम, साबुन पानीले हात धुने, ५–५ जनाबीच मात्रै खेलाइने, सेनिटाइजर प्रयोग गर्ने, फुटसल एरिनालाई नियमित रुपमा किटाणुरहित बनाउने, फुटसलका कर्मचारीलाई अनिबार्य मास्कको व्यवस्था गर्ने लगायतको प्रतिबद्धता जाहेर गरेका थियौ ।
सरकारले यस क्षेत्रमा ध्यान नदिदा जग्गाको भाडा, बैंकको ब्याज, कर्मचारीको पारिश्रमिक दिन समेत नसकेको अवस्थामा सावधानी अपनाएर नै देशभरका फुटसल बुधबारदेखि बाध्य भएर खोल्ने निर्णयमा पुगेको विज्ञप्तिमा उल्लेख छ ।

September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]