5 years ago
March 16, 2021
इटहरी (हाम्रो खेलकुद)– सुनसरीको फुटसल फाइभ धरानले प्रदेश १ फुटसल छनोट प्रतियोगिताको उपाधि जितेको छ । इटहरीमा मंगलबार भएको फाइनलमा फुटसल फाइभले आफ्नै जिल्लाको द राइजिङ क्लब धरानलाई टाइब्रेकरमा ५–४ ले हराउँदै उपाधि जितेको थियो ।

निर्धारित समय ४–४ को बराबरीपछि निर्णयका लागि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा फुटसल फाइभका सरोज तामाङ, विजय श्रेष्ठ, प्रवेश जोशी, निरभ खड्का र सञ्जिव तामाङले गोल गरे । द राइजिङका लागि मिलन लिम्बु, रिवस मास्के, सचिन श्रष्ठ र विवेक राईले गोल गरे । सुदीप गुरुङ भने गोल गर्नबाट चुके ।
निर्धारित समयको मध्यान्तरसम्म ३–३ को बराबरी भएको थियो । विजयले पाचौं मिनेटमा गोल गर्दै फुटसल फाइभलाई अग्रता दिलाएका थिए । निरभले १० औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । द राइजिङका लागि मिलनले ११ औं मिनेटमा गोल गरे ।
१५ औं मिनेटमा सुदीपले लगातार २ गोल गरेपछि द राइजिङले ३–२ अग्रता लिएको थियो । तर फुटसल फाइभका प्रदेश जोशीले १८ औं मिनेटमा बराबरी गोल फर्काएका थिए । दोस्रो हाफको छैटौं मिनेटमा रिवसले राइजिङका लागि गोल गर्दै अग्रता दिलाएपनि त्यसको एक मिनेट वित्न नपाउँदै फुटसल फाइभका विजयले गोल फर्काएका थिए ।
पोखरामा हुने ए डिभिजन राष्ट्रिय फुटसल लिगका लागि भने प्रदेश १ बाट फाइनल खेलेका दुवै टोलीले प्रतिस्पर्धा गर्नेछन् । दुवै टोलीले तयारी स्वरुप समान १ लाख रुपैयाँ पाउने बताइएको छ । विजेता, उपविजेता टोलीका खेलाडीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङलगायतले पुरस्कृत गरे ।
ु
September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]