4 years ago
September 20, 2021
विजय नेपाली, पोखरा
दि राइजिङ क्लब धरान र स्काई गोल्स काठमाडौंले ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगअन्तर्गत सोमबार भएको खेलमा जित दर्ता गरेका छन् ।

पोखराको बहुउद्देश्यीय कभर्डहलमा सोमबार भएको खेलमा प्रभातफेरी युथ क्लब काठमाडौंलाई ११–६ ले पराजित गर्दै लिगमा लगातार दोस्रो जित दर्ता गरेको हो । दि राइजिङले पहिलो खेलमा स्काई गोल्समाथि ५–४ को प्रतिस्पर्धात्मक जित निकालेको थियो । दि राइजिङको जितमा रेवोस मास्के र बिकु तामाङले ह्याट्रिक पुरा गरे । मिलन राईले दुई तथा मिलन लिम्बु, दोर्जे तामाङ र सुदिप गुरुङले समान एक गोल गरे ।
प्रभातफेरीका धिरज श्रेष्ठले दुई तथा धिरज जोशी, राज पौडेल, सिजन गुरुङ र श्रीजेश पुरीले समान १-१ गोल गरे । ह्याट्रिक पुरा गरेका राइजिङका बिकु तामाङ प्लेयर अफ दि म्याच घोषित भए । उनले ५ हजार रुपैयाँ हात पारे । प्रभातफेरीले लगातार दोस्रो हार बेहोरेको हो । प्रभातफेरी यसअघि स्पोर्ट्स क्यासल पोखरासँग ७–० को फराकिलो अन्तरले पराजित भएको थियो । लगातार दोस्रो जितसँगै दि राइजिङको ६ अंक पुगेको छ । अंकविहीन प्रभातफेरी पुछारमा छ ।
यस्तै अर्का खेलमा स्काई गोल्स काठमाडौंले झरना स्पोर्ट्स क्लब रुपन्देहीलाई ८–० ले हराउँलै लिगमा पहिलो जित दर्ता गरेको छ । स्काई गोल्स पहिलो खेलमा दि राइजिङ क्लब धरानसँग ५–४ ले पराजित भएको थियो । झरनाको यो लगातार दोस्रो हार हो । यसअघि झरना रुपन्देही डर्वीमा लुम्बिनी फुटसलसँग ६–२ ले पराजित भएको थियो ।

स्काई गोल्सको जितमा निर्मल गुरुङ र प्रकाश महताराले समान दुई गोल गर्दा अनिल खड्का, आशिष सुनाम, सन्जोग चाम्लिङ र रोशन अधिकारीले समान एक गोल गरे । स्काई गोल्सका निर्मल गुरुङ प्लेयर अफ दि म्याच घोषित भए । उनले ५ हजार रुपैयाँ हात पारे । पहिलो जितसँगै स्काई गोल्स २ खेलबाट ३ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । स्पोर्ट्स क्यासल, लुम्विनी फुटसल र ढुकु फुटसल क्रमश तेस्रो चौथो र पाँचौ स्थानमा रहेको छ । झरना अंकविहीन हुदै नवौं स्थानमा छ ।
लिगमा मंगलबार तीन खेल हुनेछ । स्पोर्ट्स क्यासल पोखराले शंखमुल फुटसल, लुम्विनी फुटसलले सविन मेमोरियलसँग तथा फुटसल फाइभ धरानले ढुकु फुटसल काठमाडौंसँग खेल्दैछ । लिगमा सहभागी १० टोलीले एकल राउन्ड रोविन लिगबाट शीर्ष चार टोलीले प्ले अफमा स्थान बनाउनेछन् । पहिलो प्लेअफको विजेताले फाइनलमा स्थान बनाउने छ । तेस्रो र चौथो हुने टोलीबीच दोस्रो प्लेअफमा प्रतिस्पर्धा हुनेछ । एलिमिनेटरमा पहिलो प्लेअफमा पराजित हुने टोली र दोस्रो प्लेअफको विजेताले फाइनल प्रवेशका लागि खेल्नेछन् ।
लिगको विजेताले १० लाख रुपैयाँ पाउनेछ भने उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ । लिगको विंगर (आला–पिभोट), डिफेन्डर (फिक्सो), उदियमान खेलाडी, गोलरक्षक र प्रशिक्षकले समान २५ हजार पाउनेछन् । हरेक खेलको म्यान अफ दि म्याचले ५ हजार पाउनेछन् ।
लिगबाट एशियाली फुटबल महासंघ (एएफसी) द्धारा आयोजना हुने एएफसी फुटसल एसियन कप २०२२ को छनोटका लागि नेपाली राष्ट्रिय फुटसल टिमका लागि खेलाडी छनोट गरिने छ । एन्फाले एन्फा फुटसल कमिटिको सिफारिसमा गौरव बस्नेतलाई नेपाली राष्ट्रिय फुटसल टिमको मुख्य प्रशिक्षक नियुक्त गरिसकेको छ । सोही छनोट खेलबाट नै बस्नतेले आफ्नो जिम्मेवारी सम्हाल्ने छन् ।
September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]