default_image

4 years ago

September 21, 2021

फुटसल फाइभसँग ढुकुको हार

187 views

0 Bookmark

विजय नेपाली, पोखरा

फुटसल फाइभ धरानले ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगमा पहिलो जित दर्ता गर्दा उपाधि दावेदार ढुकु फुटस हब काठमाडौंलाई स्तब्ध पारेको छ ।

पोखराको बहुउद्देश्यीय कभर्डहलमा सोमबार भएको खेलमा ढुकुलाई ५–३ ले हराउँदै फुटसल फाइभले पहिलो जित दर्ता गरेको हो । फुटसल फाइभको जितमा प्रवेश जोशीले दुई तथा कप्तान सन्दीप कार्की, सरोज तामाङ र रञ्जित गुरुङले समान एक गोल गरे । ढुकुका अमित लामा, अभय राना र विक्रान्त नरसिंह राणाले गोल गरेपनि हार टार्न सकेन । फुटसल फाइभका गोलरक्षक सन्जीव तामाङ प्लेयर अफ दि म्याच चुनिए । उनले ५ हजार रुपैयाँ हात पारे ।

अपराजित फुटसल फाइभले पहिलो खेलमा शंखमुल फुटसलसँग ३–३ गोलको बराबरी खेलेको थियो । ढुकुको यो पहिलो हार हो । ढुकुले पहिलो खेलमा सविन मेमोरियललाई ८–६ ले पराजित गरेको थियो । यो जितसँगै फुटसल फाइभले २ खेलमा ४ अंक जोडेको छ । पराजित ढुकुको २ खेलमा ३ अंक छ ।

यस्तै सविन मेमोरियल एफसी पोखराले लुम्बिनी फुटसललाई ३–२ ले पराजित गर्दै लिगमा पहिलो जित निकालेको छ । सविन मेमोरियलको जितमा अविनाश तामाङ, सरोज गुरुङ र मनिष क्षेत्रीले गोल गरे । लुम्बिनीका लागि दुवै गोल हेमन्त गुरुङको नाममा रह्यो । सविन मेमोरियलका सबिन गुरुङ म्यान अफ दि म्याच चुनिए । उनले ५ हजार रुपैया पाए । यस जितसँगै सबिनले २ खेलमा ३ अंक जोडेको छ । पहिलो खेलमा सबिन ढुकु फुटसल हबसँग ८–६ ले पराजित भएको थियो । पहिलो हार बेहोरेको लुम्बिनीको २ खेलमा ३ अंक जोडेको छ । लुम्बिनीले पहिलो खेलमा झरना स्पोर्ट्स क्लबलाई ६–२ ले पराजित गरेको थियो ।

यस्तै दिनको पहिलो खेलमा स्पोर्ट्स क्यासल पोखरा र शंखमुल फुटसलले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । स्पोर्ट्स क्यासलका विसन गुरुङ र अन्जन देवकोटाले गोल गर्दा शंखमुलका विवेक पण्डितले गोल गर्दा एक गोल उपहार पाएको थियो । स्पोर्ट्स क्यासलका किशोर गुरुङले आत्मघाती गोल गरेका थिए । स्पोर्ट्स क्यासलका विसन गुरुङ प्लेयर अफ दि म्याच चुनिए । उनले ५ हजार रुपैयाँ प्राप्त गरे ।
लिगमा बुधबार दुई खेल हुनेछ । दि राइजिङ क्लब धरान र झरना स्पोर्ट्स क्लब लुम्बिनी तथा प्रभातफेरी युथ क्लब र शंखमुल फुटसलबीच प्रतिस्पर्धा हुदैछ ।

लिगमा सहभागी १० टोलीले एकल राउन्ड रोविन लिगबाट शीर्ष चार टोलीले प्ले अफमा स्थान बनाउनेछन् । पहिलो प्लेअफको विजेताले फाइनलमा स्थान बनाउने छ । तेस्रो र चौथो हुने टोलीबीच दोस्रो प्लेअफमा प्रतिस्पर्धा हुनेछ । एलिमिनेटरमा पहिलो प्लेअफमा पराजित हुने टोली र दोस्रो प्लेअफको विजेताले फाइनल प्रवेशका लागि खेल्नेछन् । लिगको विजेताले १० लाख रुपैयाँ पाउनेछ भने उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ । लिगको विंगर (आला–पिभोट), डिफेन्डर (फिक्सो), उदियमान खेलाडी, गोलरक्षक र प्रशिक्षकले समान २५ हजार पाउनेछन् । हरेक खेलको म्यान अफ दि म्याचले ५ हजार पाउनेछन् ।

लिगबाट एशियाली फुटबल महासंघ (एएफसी) द्धारा आयोजना हुने एएफसी फुटसल एसियन कप २०२२ को छनोटका लागि नेपाली राष्ट्रिय फुटसल टिमका लागि खेलाडी छनोट गरिने छ । एन्फाले एन्फा फुटसल कमिटिको सिफारिसमा गौरव बस्नेतलाई नेपाली राष्ट्रिय फुटसल टिमको मुख्य प्रशिक्षक नियुक्त गरिसकेको छ । सोही छनोट खेलबाट नै बस्नतेले आफ्नो जिम्मेवारी सम्हाल्ने छन् ।

September 18, 2025

एन्फाका फुटसल निर्देशक महर्जनको राजीनामा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]

September 17, 2025

एन्फाले फुटसल प्रशिक्षण सुरु गरेर रोकेको थियो

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]

September 17, 2025

एएफसीद्वारा एन्फामाथि १४ लाख बढी जरिवाना

काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]

Success

Thank you for your time.