default_image

4 years ago

September 22, 2021

शंखमुलको पहिलो जितमा गोलरक्षक अनिशको गोल

204 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – शंखमुल फुटसल काठमाडौंले ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगमा पहिलो जित दर्ता गर्दा बुधबार दि राइजिङ क्लब धरानले भने लगातार तेस्रो जित निकालेको छ ।

पोखराको बहुउद्देश्यीय कभर्डहलमा झरना स्पोर्ट्स क्लब रुपन्देहीलाई ५–३ ले पराजित गर्दै दि राइजिङ लिगको शीर्ष स्थानमा कायम रहेको हो । राइजिङले यसअघि स्काई गोल्स र प्रभातफेरी युथ क्लबलाई पराजित गरेका थियो । दि राइजिङको जितमा मिलन राईले दुई तथा रेवोस मास्के, बिकु तामाङ र मिलन लिम्बुले समान १-१ गोल गरे । झरनाका मोहन बहादुर थापा मगर, ओम प्रकाश थापा र विवेक थापाले गोल गरेपनि हार टार्न सकेनन् ।

लिगमा निकै कम्जोर देखिएको झरनाले पहिलो हाफ निकै उत्कृष्ट खेल खेलेपनि दोस्रो हाफमा भने गतिलो प्रदर्सन गर्न सकेन । खेलको नवौं मिनेटमा राइजिङका मिलन राइले गोल गर्दै अग्रता दिलाए । त्यसको २ मिनेटमा नै झरनाका मोहन बहादुर थापाले गोल गर्दै खेल बराबरीमा ल्याए । यसअघि दुइ खेलमा हार व्यहोरेको झरनाले सुरुवाती खेलहरुमा झै गल्ती गर्दा हार बेहोर्न बाध्य भएको हो । झरनाका खेलाडीमा शक्तिको कमि देखियो । उनीहरु पहिलो हाफमा झैँ चलेर खेल्न नसक्दा हार व्यहोर्न बाध्य भए । झरना भने तालिकाको पुछारमै रहेको छ ।

खेलको २२ औं मिनेटमा रिवोस मास्केले गोल गर्दै राइजिङको अग्रता दोब्बर पारे । मास्के लिगको सर्वाधिक गोलकर्ता समते कायमै रहे । उनले समग्रमा ६ गोल गरिसकेका छन् । मास्के खेलको म्यान अफ दी म्याच घोषित भए । २६ औं मिनेटमा विकु तामाङले टोलीका लागि तेस्रो गोल गरे ।

खेलको २७ औं मिनेटमा झरनाका कप्तान ओम प्रकास थापाले अग्रता घटाउने काम गरे । २८ औं मिनेटमा मिलन लिम्बुले राइजिङका लागि चौथो गोल गरे भने २९ औं मिनेटमा मिलन राइले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित निश्चित गरे । खेलको ३५ औं मिनेटमा झरनाका विवेक थापाले एक गोल गरे ।

राइजिङका रेवोस मास्के प्लेयर अफ दि म्याच चुनिए । उनले ५ हजार रुपैयाँ हात पारे । लगातार तेस्रो जितसँगै राइजिङ ३ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा रहेको छ । लिगमा अंकविहिन झरनाको यो लगातार तेस्रो हार हो ।

यस्तै जेनिस प्रजापतिले ह्याट्रिक पूरा गरेपछि प्रभातफेरी युथ क्लबलाई ७–४ ले पराजित गर्दै शंखमुल फुटसलले लिगमा पहिलो जित दर्ता गरेको छ । शंखमुलका लागि मणि लामाले दुई गोल तथा गोलरक्षक अनिश श्रेष्ठ र सुसान श्रेष्ठले १-१ गोल गरे । प्रभातफेरीका सृजन पुरी र धिरज जोशीले समान दुई गोल गरे ।

शंखमुलले खेलको सुरुवातदेखि नै प्रभातफेरीलाई निकै दबाबमा राख्यो । मणि लामाले ५ औं मिनेटमा गोल गर्दै शंखमुललाई अग्रता दिलाए । ७ औं मिनेटमा जेनिस प्रजापतिले गोल गरे । ८ औं मिनेटमा प्रभातफेरीका श्रीजेश पुरीले गोल गर्दै खेल २–१ को स्थितिमा ल्याए । धिरज जोशीले नवौं मिनेटमा बराबरी गोल गर्दै टोलीलाई पुनरागमन आस दिलाएका थिए । तर, जित भने हात पार्न सकेन ।

खेलको १६ औं मिनेटमा कप्तान तथा गोलरक्षक अनिशले गोल गर्दै पुनः शंखमुललाई अग्रता दिलाए । उनले आफ्नो क्षेत्रमा आएको आक्रमणलाई विफल पार्ने क्रममा गरेको स्लाइडीङ क्लिअरेन्स अर्को पोस्टमा सिधै गोल भएको थियो । १८ औं मिनेटमा मणि लामाले व्यक्तिगत दोस्रो गोल गर्दै खेल ४–२ को स्थितिमा ल्याए । यस्तै प्रभातफेरीले पुनः लय समात्दै खेलमा फर्कने कोसिस गर्यो ।

धिरज जोशीले २३ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै बराबरीमा ल्याएपनि त्यो खुसी भने क्षणिक मात्रै रह्यो । गोल पश्चात बल चलाए लगत्तै शंखमुलका सुसानले गोल गरे । २४ औं मिनेटमा श्रीजेशले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको आसा जिवितै राख्ने काम गरे । तर, खेलको २९ र ३४ औं मिनेटमा जेनिसले शंखमुलका लागि गोल गर्दा ह्याट्रिक पुरा गरे । ३३ औं मिनेटमा प्रभातफेरीका विवेक सारु मगरले दोहोरो पहेंलो कार्ड खादै रेडकार्ड पाएर मैदान छाडे । लिगमा यो पहिलो रातो कार्ड हो ।

शंखमुलका मणि लामा प्लेयर अफ दि म्याच चुनिए । उनले ५ हजार रुपैयाँ हात पारे । यो जितसँगै अपराजित रहेको शंखमुलले ३ खेलमा ५ अंक जोडेको छ । पराजित प्रभातफेरीले जित निकाल्न सकेको छैन ।

लिगमा बिहीबार तीन खेल हुने लिग संयोजक विनोद गुरुङले जानकारी दिए । स्काई गोल्स र सविन मेमोरियल, स्पोर्ट्स क्यासल र ढुकु तथा लुम्बिनी फुटसल र फुटसल फाइभबीच प्रतिस्पर्धा हुनेछ । लिगमा सहभागी १० टोलीले एकल राउन्ड रोविन लिगबाट शीर्ष चार टोलीले प्ले अफमा स्थान बनाउनेछन् । पहिलो प्लेअफको विजेताले फाइनलमा स्थान बनाउने छ । तेस्रो र चौथो हुने टोलीबीच दोस्रो प्लेअफमा प्रतिस्पर्धा हुनेछ । एलिमिनेटरमा पहिलो प्लेअफमा पराजित हुने टोली र दोस्रो प्लेअफको विजेताले फाइनल प्रवेशका लागि खेल्नेछन् ।

लिगको विजेताले १० लाख रुपैयाँ पाउनेछ भने उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ । लिगको विंगर (आला–पिभोट), डिफेन्डर (फिक्सो), उदियमान खेलाडी, गोलरक्षक र प्रशिक्षकले समान २५ हजार पाउनेछन् । हरेक खेलको म्यान अफ दि म्याचले ५ हजार पाउनेछन् । लिगबाट एशियाली फुटबल महासंघ (एएफसी) द्धारा आयोजना हुने एएफसी फुटसल एसियन कप २०२२ को छनोटका लागि नेपाली राष्ट्रिय फुटसल टिमका लागि खेलाडी छनोट गरिने छ ।

September 18, 2025

एन्फाका फुटसल निर्देशक महर्जनको राजीनामा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]

September 17, 2025

एन्फाले फुटसल प्रशिक्षण सुरु गरेर रोकेको थियो

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]

September 17, 2025

एएफसीद्वारा एन्फामाथि १४ लाख बढी जरिवाना

काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]

Success

Thank you for your time.