4 years ago
September 27, 2021
पोखरा (हाम्रो खेलकुद) – स्पोर्ट्स क्यासल पोखरा ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगको शीर्षस्थानमा उक्लिदा प्रभातफेरी युथ क्लब काठमाडौंले पहिलो जित दर्ता गरेको छ । पोखरास्थित बहुउद्देश्यीय कभर्डहलमा सोमबार भएको खेलमा स्पोर्ट्स क्यासलले स्काई गोल्स काठमाडौं ८–३ को फराकिलो अन्तरले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको हो ।

स्पोर्ट्स क्यासलको जितमा खिमराज गुरुङ र सुमित श्रेष्ठले समान दुई गोल गर्दा विसन गुरुङ, दिपेश घले, विजय गुरुङ र किशोर गुरुङले समान एक गोल गरे । स्काई गोल्सका मनोज राई र रोशन अधिकारीले गोल गर्दा एक गोल उपहार पाएको थियो । जितपछि अपराजित रहेको स्पोर्ट्स क्यासलको ५ खेलबाट १३ अं पुगेको छ । पराजित स्काई गोल्स ५ खेलबाट ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
यस्तै प्रभातफेरीले लिगमा पहिलो जित दर्ता गर्दा लुम्विनी फुटसललाई ६–१ ले पराजित गरेको छ । प्रभातफेरीको जितमा धिरज जोशी, सन्त लाल गुरुङ, बिशाल सारु मगर, श्रीजेश पुरी, आशिष दंगाल र सुविल श्रेष्ठले गोल गरे । लुम्विनीका रुपेन बराइलीले एक गोल फर्काए । सुरुवाती तीन खेलमा हार बेहोरेको प्रभातफेरीले चौथो खेलमा ढुकु फुटसल हवसँग बराबरी खेल्दै अंक जोडेको थियो । जितपछि प्रभातफेरीको ५ खेलबाट ४ अंक पुगेको छ । पराजित लुम्विनीको पनि ४ अंक नै छ ।
यस्तै लिगको अर्काे खेलमा फुटसल फाइभले झरना स्पोर्ट्स क्लबलाई ९–५ ले पराजित गरेको छ । फुटसल फाइभको जितमा कप्तान सन्दीप कार्कीले ह्याट्रिकसहित चार गोल गर्दा रन्जित तामाङले दुई गोल गरे । सुजन खड्का, निरभ खड्का र विश्वजित राईले समान एक गोल गरे । झरनाका नारायण थापामगरले तीन तथा गंगा गुरुङले दुई गोल गरेपनि हार टार्न सकेन । जितपछि फुटसल फाइभ ५ खेलबाट ८ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । पराजित झरनाले अंक जोड्न सकेको छैन ।
लिगमा मंगलबार दुई खेल हुनेछ । ढुकु फुटसल हव र दि राइजिङ क्लब धरान तथा सविन मेमोरियलबीच प्रतिस्पर्धा हुनेछ । लिगमा सहभागी १० टोलीले एकल राउन्ड रोविन लिगबाट शीर्ष चार टोलीले प्ले अफमा स्थान बनाउनेछन् । पहिलो प्लेअफको विजेताले फाइनलमा स्थान बनाउने छ । तेस्रो र चौथो हुने टोलीबीच दोस्रो प्लेअफमा प्रतिस्पर्धा हुनेछ ।
एलिमिनेटरमा पहिलो प्लेअफमा पराजित हुने टोली र दोस्रो प्लेअफको विजेताले फाइनल प्रवेशका लागि खेल्नेछन् । लिगको विजेताले १० लाख रुपैयाँ पाउनेछ भने उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ । लिगको विंगर (आला–पिभोट), डिफेन्डर (फिक्सो), उदियमान खेलाडी, गोलरक्षक र प्रशिक्षकले समान २५ हजार पाउनेछन् ।
September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]