default_image

4 years ago

October 2, 2021

रेफ्री विवादको उत्कर्षमा फुटसल लिग

277 views

0 Bookmark

विजय नेपाली, पोखरा

पोखरामा जारी राष्ट्रिय ए डिभिजन लिग फुटसलमा लगातार रेफ्रीमाथि औंला उठाउने क्लब आफैं अनुशासन तोड्न थालेका छन् । खेलमा हार्ने टोलीले पटक पटक रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाउँदै आएका थिए । रेफ्रीबाट पनि यदाकदा हुने गल्तिलाई मानविय कमजोर मानिन्छ । तर , रेफ्रीको गलत निर्णयको बहानामा कुनैपनि टोलीलाई अनुशासन तोड्ने छुट पक्कै हुँदैन ।

शनिबार स्पोर्ट्स क्यासल र फुटसल ५ धरानबिचको खेलमा धरानका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकले कोर्टमा अराजकता नै मच्याए । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा हार व्यहोरेपछि उनीहरु एकाएक रेफ्रीमाथि जाइलाग्दै फुटसल कोर्टमा प्रवेश गरे ।

धरानका सबै खेलाडी तथा अफिसियल रेफ्री हरिष कार्कीको निर्णयप्रति असन्तुष्टि जनाउँदै कोर्टमा पुगेका थिए । खेल सकिन केही मिनेटमात्रै बाँकी रहँदा धरानका गोलरक्षक धिरज तामाङले क्यासलका सुमित श्रेष्ठलाई वान भर्सेस वानको अवस्थामा डि एरिया बाहिर फाउल गरेपछि सिधै रातो कार्ड पाएका थिए । त्यसपछि धरानका खेलाडी, प्रशिक्षक र व्यवस्थापकले असन्तुष्टि जनाएका थिए ।

यसअघि क्यासलले पनि बारम्बार असन्तुष्टि भने जनाएकै थियो । अचानक धरानका खेलाडी रेफ्रीप्रति आक्रामक भएपछि रेफ्री कार्कीले रातो कार्ड दिए । निकै प्रतिस्पर्धात्मक खेलमा अचानक त्यसरी कार्ड देखाउँदा आयोजक पनि एकसमय छक्क परेको थियो । आयोजकको सचिवालयमा समेत यस विषयमा कुरा चल्यो । कार्कीलाई रेफ्री बस्ने कोठा तिर लगियो । बाहिर सुरक्षा कडा बनाइयो । खेलमा क्यासलले पुनरागमन जित निकालेको थियो ।

क्यासलले फुटसल ५ धरानलाई ३–२ ले हराएको थियो । क्यासलले खेल जित्दै तालिकाको शीर्षस्थानमा आफ्नो स्थानलाई सुरक्षित राखेको छ । लिगमा अब क्यासलले १ मात्रै खेल खेल्न बाँकी रहेको छ । क्यासलको कुल ८ खेलबाट २२ अंक रहेको छ । क्यासलले यस अघिनै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको थियो ।

फुटसल ५ धरानका प्रशिक्षक विश्वास लामाले रेफ्रीको गल्ति बारम्बार दोहोरिएको बताए । उनले भने, ‘लिड लिएरपनि हार बेहोर्न पर्यो । कठिन खेल भयो । ठूलो खेलमा रेफ्रीको निर्णय राम्रो भएन । अन्तिम समयमा कर्नर हुने बलमा पनि उता किक-इन देखाइयो । मैले भन्न जाँदा मलाई पनि कार्ड । स्तरीय रेफ्री नभएको महसुस गरियो ।’

‘हामीले हार बेहोर्द मात्र होइन जितेका खेलहरुमा समेत असन्तुष्टि जनाउँदै आएका थियौं, ‘लामाले थपे ।

तर हारपश्चात जुन किसिमको व्यवहार देखियो त्यो भने प्रोफेसनल भने देखिएन । उक्त खेलमा खेल सकिएपपछि धरानका खेलाडी सुजन खड्का, प्रशिक्षक विश्वास लामा र व्यवस्थापक जिवन आले मगरले रातो कार्ड पाएका थिए ।

रातो कार्ड दिएका कारण अन्तिम खेलमा आफ्नो टोलीले खेल्न नसक्ने प्रतिक्रिया लामाले दिए । ‘हामी त सबैले रातो कार्ड खायौँ । मुख्य गोलरक्षकले पनि पायो, खेलाडी पनि घाइते छन् । रणनीति बनाउने र खेलाडीलाइ कसरी खेलाउने भन्ने पनि अब रहेन’ उनले भने ।

आयोजक कमिटिकै एक पदाधिकारीले भने कार्ड देखाइएको बारेमा रेफ्रीहरुसंग छलफलमा बस्ने बताए । उनले प्रतिस्पर्धात्मक खेलमा अचानक त्यसरी कार्ड दिनु गलत रहेको बताए । तर वास्तविकता भने छलफल पश्चात मात्रै बाहिर आउने उनले बताए । शनिबार नै भएको अर्को खेलमा द राइजिङ क्लब धरानले लुम्बिनी फुटसललाई ६–५ ले हराउँदा लुम्बिनी रेलिगेसनमा परेको छ ।

September 18, 2025

एन्फाका फुटसल निर्देशक महर्जनको राजीनामा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]

September 17, 2025

एन्फाले फुटसल प्रशिक्षण सुरु गरेर रोकेको थियो

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]

September 17, 2025

एएफसीद्वारा एन्फामाथि १४ लाख बढी जरिवाना

काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]

Success

Thank you for your time.