default_image

4 years ago

October 5, 2021

जुत्ताले नरोकेको खुट्टाको कौशल

313 views

0 Bookmark

विजय नेपाली, पोखरा

राष्ट्रिय ए डिभिजन फुटसल लिग अन्तर्गत लिग चरणको अन्तिम खेलमा मंगलबार घरेलु टोली सविन मेमोरियलको लागि निर्णायक दिन थियो । पोखराको स्थानीय टोली सविन मेमोरियललाई प्लेअफ पुग्नका लागि शंखमुल फुटसलमाथि जित हासिल गर्नुको विकल्प थिएन । यस्तोमा टोलीका मुख्य फरवार्ड अभिनाष तामाङ नहुँदा टोली यसै दबाबमा परिसकेको थियो ।

प्लेअफमा स्थान पक्का गरिसकेको शंखमुल आफैं पनि क्वालिफायरको दौडमा थियो । अन्तिम खेलमा सविन मेमोरियलको जितमा नायक बने मनिष क्षेत्री । मनिषले म्यान अफ द म्याच प्रदर्शन गर्दै सविन मेमोरियलको प्लेअफ यात्रा पक्का गरे । मैदानमा विपक्षीलाई नचाउने यिनै मनिषको पिडा भने बेग्लै छ । खुट्टामा भरपुर क्षमता बोकेका उनले आफ्नो साइजको जुत्ता नपाउँदा अझै स्तरअनुसार प्रदर्शन गर्न सकिरहेका छैनन् ।

सविन मेमोरियलका लागि ५ नम्बर जर्सीमा पातलो ज्यान लिँदै विपक्षी छक्याउने खेलाडी हुन् मनिष । आर्टिफिसियल मैदानमा खेल्दा त बल्ल बच्चाको साइजको जुत्ता लगाएर खेल्ने उनले अधिकारिक फुटसल कोर्टमा खेल्दा आफ्नो साइजको जुत्ता नै पाएनन् । तरपनि उनले केहि ठूलो जुत्ता लगाएरै खेलिरहे ।

मनिष गोलका लागि पास दिनमात्र नभई आफैं गोल गर्न पनि माहिर खेलाडी हुन् । तर, मंगलबार भने स्थिति फरक थियो । आफ्नो जुत्ताकै कारण सोचे जस्तो प्रदर्शन गर्न नसकेका मनिषलाई अघिल्लो खेलहरुमा झैं उनलाई गोल मिस गर्ने कुर्न छुट थिएन । अझ सविनका मुख्य गोलकर्ता अभिनाष घाइते हुदाँ उनमा जिम्मेवारी पनि थपिएको थियो ।

एकातिर जुत्ताको समस्या अर्कातिर लिगको बलियो मध्येको टिमविरुद्ध जित्नैपर्ने दबाब । तर, उनले हार मानेनन् । जुत्ताभित्र तलुवा थपेरै भएपनि उनले खेल खेले । यसअघि ढुकु फुटसल संग खेल्दापनि त्यसरीनै तलुवा थप्दा उनको जुत्ता खुकुलो भएकाले फुस्किएको थियो । मंगलबारको खेलमा त्यहि खुकुलो जुत्ताको गोलमा उनको टोलीले खेल जित्न आशा जिवित राख्यो ।

मनिषले खेलको २४ औं मिनेटमा टिमका लागि दोस्रो गोल गरेका थिए । पहिलो गोल भने समिर प्रधानले २० औं मिनेटमा फ्रिकिकमा गरेका थिए । दोस्रो हाफको २५ औं मिनेटमा पुग्दा २–१ को स्थितिमा थियो । ३४ औं मिनेटमा मनिषले बल पाए तर, उनले त्यहाँ आफुले प्रहार गर्दा जुत्ता ठुलो भएकाले जेपनि हुनसक्ने भन्दै साथिलाई पास दिए । उनले लिएको त्यो निर्णयले सविनको प्लेअफको सम्भावना जिवित राख्यो । उनको पासमा सुनिल विकले गोल गरे ।

अन्ततः ४० औं मिनेटमा रेफ्रीले अन्तिम सिठि बजाएपछि मनिष भावुक हुँदै फुटसल कोर्टमा घोप्टिए । उनको टोली ३-१ ले विजयी भयो । उनै मनिष खेलको म्यान अफ दि म्याच समेत घोषित भए ।

‘मेरो साइजको फुटसल बुट नै नपाइने । अर्को सानो सानो गेडी भएको बुट लगाएर खेल्न यहाँ नपाउने निकै समस्या भएको छ,’ उनले सुनाए,‘पसलमा जादाँ बेबि साइजको जुत्ता आउँदैन भाइ भन्यो । टिममा सबैको आफ्नो साइजको जुत्ता छ मेरो मात्रै छैन ।’

‘पहिला पनि तलुवा थपेर खेलेको झन् ठूलो भयो । तर आज मलाइ टिमका लागि केहि गर्नपर्ने थियो,’ मनिषले भने ।

उता सविनका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले मनिष अघिल्लो खेलहरुमा हौसला गुमाएको बताए । ‘हामीलाई कुनैपनि हालतमा जित्न पर्ने थियो । मनिषको अगाडिको खेलहरुमा के कारण हो प्रदर्शन एकनासको थिएन । तर, आज राम्रो प्रदर्शन भयो,’ उनले भने,‘खेलाडीलाई आज मैले फुटबलको कुरा सुनाएर मोटिभेट गरे । मणि लामा देखेर उनीहरुको मनोबल केहि खस्केको थियो । को कस्तो भन्नेले फरक पार्दैन तिमीहरु आफ्नो खेलमा ध्यान देउ भनेपछि केही सहज भयो । खेलाडी लयमा फर्किएकै कारण गोल गर्न सफल भयौं ।’

जितको सम्भावना कम भएको अवस्थामा काउन्टर अट्याकको खेल खेलेको उनले सुनाए । खेलाडीले पहिलो पटक यस्तो जुत्ता लगाएका कारण पनि सुरुवाती खेलहरुमा असहज भने भएको उनले बताए । तर, मनिषले भने जुत्ताको बारेमा आफुसंग केहि कुरा नगरेको सुनाए ।

यो खेलसंगै राउन्डरोविन आधारमा खेलाइएको लिग चरण सम्पन्न भएको छ । अब सविनले फाइनलका लागि एलिमेटर राउन्ड खेल्नुपर्नेछ । एलिमेटरमा सविनले पुन: शंखमुलकै सामना गर्नुपर्नेछ । जितसंगै सविनको ९ खेलबाट १६ अंक रहँदै लिगतालिकाको चौथो स्थानमा उक्लिएको छ । सविनले ५ खेलमा जित, ३ खेलमा हार र १ खेल बराबरी खेलेको थियो ।

तालिकाको दोस्रो स्थानमा रहेको द राइजिङ क्लब धरानको भने ९ खेलबाट १९ अंक रहेको छ । राइजिङले ६ खेलमा जित, २ खेलमा हार र १ खेल बराबरी खेलको थियो । शंखमुलको भने ९ खेलबाट १९ अंक रहेको छ । शंखमुलले ५ खेलमा जित, १ खेलमा हार र ३ खेल बराबरी खेलेको थियो । उता लिगको शिर्षस्थानमा रहेको अर्को घरेलुटोली स्पोर्ट्स क्यासलको भने ९ खेलबाट २२ अंकका साथ तालिकाको शीर्षस्थानमा रहेको छ । क्यासलले ७ खेलमा जित १ खेलमा हार र १ खेल बराबरी खेलेको थियो ।

अब लिग शिर्षस्थानको टोली क्यासल र दोस्रो स्थानको टोली द राइजिङले फाइनल प्रवेशका लागि बुधबार पहिलो क्वालिफायर खेल्नेछ । तालिकाको तेस्रो स्थानमा रहेको शंखमुल र चौथो स्थानको सविनले एलिमिनेटर खेल्नेछन् । क्वालिफायरमा पराजित हुने टोलीले फाइनलमा स्थान बनाउन एलिमिनेटरको विजेतासँग विहीबार खेल्नेछ ।

September 18, 2025

एन्फाका फुटसल निर्देशक महर्जनको राजीनामा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]

September 17, 2025

एन्फाले फुटसल प्रशिक्षण सुरु गरेर रोकेको थियो

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]

September 17, 2025

एएफसीद्वारा एन्फामाथि १४ लाख बढी जरिवाना

काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]

Success

Thank you for your time.