4 years ago
October 8, 2021
विजय नेपाली, पोखरा
पोखरामा जारी राष्ट्रिय फुटसल लिग प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । फाइनलमा घरेलु टोली स्पोर्ट्स क्यासल र काठमाडौंको शंखमुल फुटसल भिड्दैछन् । लिगको सुरुवातदेखि यी दुई टोलीलाई फाइनलको दाबेदारको रुपमा लिइएको थियो ।

अझ रोमाञ्चक कुरा त के हो भनेदेखि यी दुई टिम लिग चरणमा समेत बराबरी खेलेका थिए । क्यासल लिगमा शीर्षस्थानमा रहँदै प्लेअफ पुगेको थियो । शंखमुलले भने तेस्रो स्थानमा रहँदै एलिमिनेटर र दोस्रो क्वालिफायर खेल्दै फाइनल यात्रा तय गरेको हो ।
फाइनल खेलमा क्यासलले नचाहेको टिम शंखमुल आएको छ । १० टिमको सहभागिता रहेको लिगमा क्यासललाई बढि बलियो लाग्ने टिम नै शंखमुल हो । शंखमुलपनि क्यासललाई बलियो टिम नै मान्छ । यी दुई बिचको खेल निकै रोमाञ्चक हुने आशा गरिएको छ । अब्बल खेलाडी, फुटसलको अनुभव बटुलेका खेलाडी तथा राष्ट्रिय फुटसल टिमबाट यस अघिनै खेलिसकेका खेलाडी यी दुई टिममा रहेका छन् । त्यसैले पनि खेल रोमाञ्चक छ । अर्को रोमाञ्चक भनेको पोखरा र काठमाडौंको टिम हुनुमा हो ।
क्यासलले फाइनलसम्मको यात्रामा खासै ठुलो मिहेनत भने गर्न परेको थिएन् । पहिलो क्वालिफायरमा राइजिङले केहि दबाब दिएपनि क्यासलले ८–६ को जित निकालेको थियो । शंखमुलले भने जितका लागि निकै संघर्ष गर्नुपर्यो । एलिमिनेटरमा सविन मेमोरियललाई हराउँदै फाइनलका लागि दोस्रो क्वालिफायरमा राइजिङको सामना गरेको शंखमुललाई जित निकाल्न अतिरिक्त समय कुर्नुपरेको थियो ।
खेलको सुरुवातमा शंखमुलले अग्रता लिएपनि मध्यम समयबाट भने राइजिङिले अग्रता लिएको थियो । शंखमुलका लागि अनुभवी खेलाडी मणि लामाले ४ गोल गर्दै जित दिलाए । उनले खेलको पहिलो मिनेटमै गोलगर्दै टोलीलाई अग्रता दिलाएका थिए । ११ औं मिनेटमा राइजिङका विसन श्रेष्ठले गोल गर्दै बराबरी गरे । १५ औं मिनेटमा शंखमुलका मणिले दोस्रो गोल गर्दैै पुन अग्रता दिलाए । पहिलो हाफमा २–१ ले पछि परेको राइजिङले दोस्रो हाफमा भने उत्कृष्ट कम्ब्याक गर्यो ।
२४ औं मिनेटमा हेमन्त थापा मगरले उत्कृष्ट गोल गर्दै बराबरी गरे । २८ औं मिनेटमा विसनले थप १ गोल गर्दै राइजिङलाई अग्रता दिलाए । जित नजिक पुगेको राइजिङका लागि शंखमुलका मणि लामा बाधक बने । खेल जित्ने निश्चित भइसके पनि शंखमुलका गोलरक्षक सहितको टोली नै अघि बढेर खेल सकिन केहि सेकेन्डमात्रै बाकि रहँदा मणिले करिब १२ यार्डबाट गरेको शक्तिशाली प्रहारले जालि चुमेपछि खेल बराबरीमा पुगेको थियो । उक्त गोल मणिका लागि ह्याट्रिक थियो ।
निर्धारित समयको खेल बराबरीमा रोकिएपछि अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको पहिलो हाफको तेस्रो मिनेटमा मणिले पुनः १ गोल गर्दै टोलीलाई जित दिलाए । अन्तिम समयमा कप्तान रिवोस मास्के र नगेन राईले रातो कार्ड खाएपछि राइजिङको हार निश्चित भएको थियो ।
‘जितका लागि नै खेल्नेछौं’ : प्रशिक्षक गुरुङ
स्पोर्ट्स क्यासलका मुख्य प्रशिक्षक विष्णु गुरुङले उपाधि घरमै राख्ने योजना रहेको सुनाए । उनले आफूहरु जितका लागि नै आउने बताए । यसअघि फाइनल प्रवेश गर्ने क्रममा गरिएको कुराकानीमा उनले फाइनलका लागि सविन या राइजिङ आएको हेर्न चाहेका थिए । दुई टिमलाई जित्न सहज हुनेभएकाले क्यासलले शंखमुल आएको हेर्न चाहन्नथियो । ‘हामीले फाइनलसम्मको यात्रा तय गरेका छौँ । जितका लागि खेल्ने हो । हेरौं के हुन्छ,’ उनले भने,‘शंखमुल बलियो टिम हो । खेल निकै प्रतिस्पर्धात्मक हुनेछ ।’
‘फाइनलमा हामीलाई गाह्रो हुनेछ’ : प्रशिक्षक परियार
शंखमुलका प्रशिक्षक प्रकाश परियारले फाइनलमा आफूहरुलाई जितका लागि असहज हुने प्रतिक्रिया दिए । उनले खेलाडीले लगातार ४ खेल खेलिरहेका कारण निकै थकान भएकाले फाइनलमा समस्या हुने बताए ।
‘फाइनल हो समस्या हुन्छ । क्यासल घरेलु टोली पनि हो । दर्शकको साथ पाउनेछ दर्शकको होहल्लाका कारण हामीले हाम्रो खेलाडीलाई योजना भन्न सक्ने छैनौं केहि सुनिदैन्’ उनले भने, ‘क्यासललाई एडभान्टेज छ । एक दिन भएपनि विश्राम मिलेको छ तर, हामीलाई भने छैन । फाइनल हो खेलाडीले पक्कैपनि पुर्ण जोशका साथ खेल्छन् ।’ उनले सेट खेलाडी अनुभवि भएकाले पनि आफूहरुले जितका लागि खेल्ने बताए ।
प्लेयर्स टु वाच
मणि लामा : शंखमुल
मणि लामा शंखमुलका मुख्य खेलाडी हुन । फुटसलको अनुभव समेत रहेका उनको पोजिसन आला हो । शंखमुललाई फाइनलमा पुर्याउन मुख्य भुमिका खेल्ने खेलाडी नै मणिलामा हुन् ।
अनिष श्रेष्ठ : कप्तान शंखमुल
शंखमुलका कप्तान अनिष श्रेष्ठ गोल रक्षक हुन् । राष्ट्रिय फुटसल टिमका पहिलो रोजाइका समेत गोलरक्षक रहेका अनिषसंग फुटसलको अनुभव निकै राम्रो रहेको छ । टिमलाई हरेक खेलमा जित दिलाउन उनको पनि ठुलो योग्दान रहेको छ । उनलाई सहजै रुपमा गोल छिराउन भने विपक्षि खेलाडीलाई मुस्किल हुने गर्दछ ।
सुमित श्रेष्ठ : क्यासल
सुमित श्रेष्ठ स्पोर्ट्स क्यासलका मुख्य खेलाडी हुन् । आला पोजिसनमा खेल्ने सुमित क्यासलका सर्वाधिक गोलकर्तामै पर्छन् । क्यासललाई फाइनलमा पुर्याउन सुमितले मुख्य भुमिका खेलेका थिए । सुमित बल पाएपछि अघि बढाउन र विपक्षिलाई छलाउन माहिर खेलाडी हुन् ।
किशोर गुरुङ : क्यासल
किशोर गुरुङ क्यासलका लागि खम्बा हुन् । सधैं विपक्षीको पोष्ट नजिक बस्ने किशोरले बल पाएमा छाड्दैनन् । उनीमा बल पाएपछि टर्निङ गरेर प्रहार गर्ने राम्रो खुबी छ । त्योबाहेक किशोरको प्रहार सधैं पोष्टमै जाने गर्दछ ।
विश्वास पौडेल : गोलरक्षक
विश्वास पौडेल क्यासलका गोलरक्षक हुन् । उनलाई टाढाबाट जति शक्तिशालि प्रहार गरेपनि सहजै बचाउ गर्न सक्छन् । लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेका उनले फाइनलमा पनि उत्तिकै राम्रो गर्ने आशा गरिएको छ । विश्वासलाई पेनाल्टी र फ्रिकिकमा गोल छिराउन निकै मुस्किल हुने गर्दछ ।
September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]