default_image

4 years ago

October 8, 2021

‘उपाधिसँगै फुटसल आयोजना भएकोमा खुसी’

234 views

0 Bookmark

विजय नेपाली, पोखरा

राष्ट्रिय ए डिभिजन फुटसल लिगको उपाधि घरेलु टोली स्पोर्ट्स क्यासलले हात पारेको छ । क्यासलले शंखमुललाई फाइनलमा ४–२ गोल अन्तरले हराउँदै उपाधि घरमै राख्न सफल भएको हो । लिग च्याम्पियन क्यासलले उपाधिसहित १० लाख रुपैयाँ हात पार्यो । उपविजेता शंखमुलले ५ लाख रुपैंया प्राप्त गर्यो ।

प्रतिस्पर्धात्मक खेलमा क्यासललाई जिताउन किशोर गुरुङ नायक बने । उनले फाइनलमा ह्याट्रिक गर्दै टोलीलाई जित दिलाए । क्यासलले खेलको सुरुवात देखि नै शंखमुललाई दबाब दियो । उपाधि दाबेदार मानिएको शंखमुलमा भने खेलाडीमा केहि थकान देखिएको थियो । खेल सुरु भएको छैठौँ मिनेटमा क्यासलका विजय गुरुङले गोल गर्दै अग्रता दिलाए । गोल खाएसंगै शंखमुल दबाबमा खेलेको थियो । तर, ११ औं मिनेटमा लक्ष्मण थापा मगरले गोल गर्दै खेल बराबरीमा ल्याए ।

त्यसपछि खेल निकै रोमाञ्चक बन्न पुग्यो । पहिलो हाफ सकिन केहि सेकेन्डको मात्रै समय रहँदा क्यासलका किशोरले गोल गर्दै अग्रता दोब्बर पारे । उनले २१ औं मिनेटमा गोल गरे । २३ औं मिनेटमा शंखमुलका मणि लामाले गोल गर्दै खेल ३–२ को स्थितिमा पुर्याएपछि खेलको रौनक झन बढ्न थालेको थियो । क्यासललाई अग्रता जोगाउँदै गोल गर्न थियो भने शंखमुललाई खेलमा फर्कन पर्ने अवस्था थियो ।

लगातार ३ खेल खेल्दै फाइनल प्रवेश गरेको शंखमुलले २४ घण्टासमेत विश्राम गर्न पाएको थिएन । क्यासलले भने विश्राम गर्ने अवसर पाएको थियो । शंखमुलका खेलाडीमा थकान बढ्दै गएपछि ३९ औं मिनेटमा किशोरले गोल गर्दै ह्याट्रिक पुरा गर्दा जित निश्चित देखियो । त्यस अघि ३–२ को स्थितिमा रहेको समयमा खेल सकिन मात्रै २ मिनेट बाँकी थियो । खेलमा फर्किन प्रयास गरेको शंखमुलले आफ्नो पुरै पोष्ट छाडेर अघि खेल्दा किशोरले फाइदा उठाउँदै गोल गरेका थिए ।

को को भए उत्कृष्ट ?

खेलको विधागत पुरस्कार तर्फ क्यासल र शंखमुलले २/२ विधामा हक जमाए । खेलको उत्कृष्ट आला शंखमुलका मणि लामा घोषित भए । यस्तै उत्कृष्ट गोलरक्षक पनि शंखमुलकै पोल्टामा पर्यो । टिम कप्तान समेत रहेका अनिष श्रेष्ठ उत्कृष्ट गोलरक्षक घोषित भए । क्यासलका प्रशिक्षक विष्णु गुरुङ उत्कृष्ट प्रशिक्षक घोषित भए । क्यासलकै सुमित उदीयमान खेलाडी घोषित भए । उत्कृष्ट फिक्सो भने फुटसल ५ धरानका विजय श्रेष्ठले हात पारे । उनीहरुसबैले समान २५ हजार रुपैँयाको साथमा ट्रफि हात पारे ।

फुटसल हुनु सकरात्मक – प्रशिक्षक प्रकाश परियार (शंखमुल)

समग्रमा फुटसल यसरी हुनुमा धेरै नै सकरात्मक पक्ष हो हामी क्लबहरुका लागि । यो सुरुवात पनि हो । यसमा कति त्रुटिहरुपनि थिए । रेफ्री, आयोजक र हामी क्लबहरुकोबाट पनि । यो सबै कुरालाई सुधार गरेर जानु नै उत्तम उपाए हो ।

विगत ८ वर्षदेखि हामी फुटसलमा लागिपरेका थियो । आजकै दिन आउँछ भनेर नै हामी लागिपरेका हौं । आगामी दिनमा अझै राम्रो बनेर आउने छौ । यो पहिलो पटकको अनुभव हो । हामीले अन्तराष्ट्रिय फुटसलको मान्यता अनुसार खेल खेल्यौं । म्याटमा खेल्दा कन्ट्रोल व्यालेन्सदेखि लिएर फिटनेसका कुराहरु पनि धेरै चाहिने अनुभव गर्यौ । हामीले खेल्दै आएको भन्दा फरक छ । नियम सबै एउटै हुनुपर्ने हो । हामीले फुटबलकै नियममा खेल्यौ तर, फुटसलको नियम भने धेरै फरक हुँदो रहेछ । हामीले पनि सिक्ने अवसर पायौं ।

वास्तविक फुटसलको परिभाषा दियो – विष्णु गुरुङ, उत्कृष्ट प्रशिक्षक – स्पोर्ट्स क्यासल

नेपालमा पहिलो पटक फुटसलको राष्ट्रिय लिग भयो । यो एकदमै अविस्मरणीय क्षण भयो । पहिलो पटक भएकाले कमी कमजोरी आफ्ना ठाउँमा छन् । तर, अहिले आउँने नयाँ युवा खेलाडीलाई भने बाटो खोलिदिएको छ । यस्को सकारात्मक पक्ष भनेको राष्ट्रिय फुटसल टिम राम्रो हुनु हो । पहिला सानो स्थानमा छनोट गरेका थियौ ।

आर्टिफिसियल ग्राउन्डमा अहिले भने हामीले रियल ग्राउन्डमा रियल रेफ्री र प्रपर वे मा खेलेका छौ त्यसैले यो निकै उत्कृष्ट रह्यो । यसमा सुधार गर्नपर्ने धेरै छन् । रेफ्री देखि लिएर खेलाडीलाई समेत बाहिर एक्सपोजर गर्नुपर्ने देखिन्छ । एन्फाले अब फुटसललाई नै भनेर पनि लाग्नु पर्ने देखिन्छ । पहिलादेखि नै फुटसल भनेर काठमाडौंमा मात्रै प्रख्यात थियो । मिनि फुटबलमा फुटसल भनेर खेलाइन्थ्यो ।

फुटसल भनेर गलत परिभाषा दिइएको थियो, अहिलेको यो रियल फुटसल हो ।अन्तराष्ट्रिय मापदण्ड अनुसारको फुटसल भनेको यो हो भनेर एन्फाले देखाएको छ । यहि कारणले वास्तविक फुटसल चिनियो ।

फुटसलमा अवसर पाए यसैमा लाग्छु – सुमित श्रेष्ठ (उदीयमान खेलाडी)

अहिले क्यासलका लागि खेलियो अब देशका लागि पनि खेल्न मन लागेको छ । यो ठुलो प्रतियोगिता खेलेको पहिलो पटक हो । हामीले पनि सक्दो रहेछौँ भन्ने अनुभव भयो । काठमाडौंमा मात्र नभएर मोफसलमा पनि राम्रो छ भन्ने देखाइयो । फुटसलमा करियर भए यतै लाग्छु ।

काठमाण्डौँ बाहिर पनि उत्कृष्ट खेलाडी छन् – अनिष श्रेष्ठ, कप्तान शंखमुल फुटसल (उत्कृष्ट गोलरक्षक)

काठमाडौं बाहिर पनि मैले धेरै स्कोप देखे । हामी बाहिर खेल्नजाँदा पनि हामीलाई धेरै पटक हराएको थियो । धेरै खेलाडीसंग चिनजान भइसकेको छ । अब राष्ट्रिय टिम छनोटमा राम्रा खेलाडी आउने आशा गरेको छु । पहिलो पटक देशभरबाट खेलाडी छनोट हुनु राम्रो हो । लिग सम्पन्न हुँदा निकै खुसी लाग्यो । हामीले उपाधि नजितेपनि फुटसल खेल आयोजना गरेकोमा एन्फा प्रति आभारि छु ।

अब फुटसलकै रेफ्री पनि हुनु आवश्यक छ – सुरज मानन्धर, रेफ्री एसेसर

हामीले नेपाली फुटसल जगतकै एक उर्जाको रुपमा विकास भएको छ । सुरुका दिनमा केहि विवाद आए । कसरी आयो भन्दा सबै खेलाडी रेफ्री फुटबल क्षेत्रबाट आएकाले समस्या आएको थियो । फुटसल र फुटबल खेल्ने तरिका फरक छ । फुटसल प्राविधिक गेम हो र फुटबल भनेको पावर गेम हो ।

सुरुका दिनहरुमा फुटबल क्षेत्रबाट आएका खेलाडीहरुले खेलेका कारण विवाद आएको हो । हामीले नियन्त्रण गर्न निकै कठिन परिस्थितिको सामना गर्न पर्यो । विवाद भएपछि हामी रेफ्रीहरु, प्रशिक्षकहरु बसेर फुटसलका नियबारे बुझायौं र मैलेपनि त्यो गरे । त्यसपछिका दिनमा राम्रो प्रदर्सन भयो । नेपाली रेफ्रीले फुटसल खेलाएको पनि यो पहिलो नै हो हामीले पहिलाका दिनमा विवाद आउँदा रेफ्रीकै गल्ति हुदाँसमेत कारवाहि गर्यौं ।

हामीले अब यो विषयमा ध्यान दिएर लाग्नु परेको छ । अहिले जति रेफ्री आए सबै फुटबलबाटै आए तर, वहाँहरुको माइन्ड मेकअप सेट गर्नलाई समस्या भयो । फुटसलका लागि अलग्गै अवसर हुनुपर्दछ । फुटसल खेलाउनुपर्ने रेफ्रीको छुट्टै समूह हुनुपर्दछ । फुटसल एसोसियसनसँग मिलेर वार्ता बसेर नै हामी जानुपर्दछ ।

September 18, 2025

एन्फाका फुटसल निर्देशक महर्जनको राजीनामा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]

September 17, 2025

एन्फाले फुटसल प्रशिक्षण सुरु गरेर रोकेको थियो

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]

September 17, 2025

एएफसीद्वारा एन्फामाथि १४ लाख बढी जरिवाना

काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]

Success

Thank you for your time.