default_image

2 years ago

March 1, 2022

बज्राचार्यलाई ‘एनएनआईपिए’ खेल पत्रकारिता पुरस्कार

190 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – खेलकुद पत्रकार हिमेश रत्न बज्राचार्यले एनएनआईपिए खेलकुद पत्रकारिता पुरस्कार – २०७७ प्राप्त गरेका छन् ।

खेलकुद पत्रकारिताको माध्यमबाट नेपाली खेलकुद क्षेत्रलाई पुर्‍याएको योगदानको कदर गर्दै नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपिए) ले १६औं एनएनआईपीए स्पोर्ट्स अवार्ड कार्यक्रमको दौरान खेलकुद पत्रकार बज्राचार्यलाई पुरस्कृत गरेको हो ।

ललितपुरको गोदावारी नगरपालिकास्थित बज्रवाराहीमा मंगलबार भएको अवार्ड समारोहमा उनलाई एनएनआईपिएका अध्यक्ष दीपक श्रेष्ठ र एनएनआईपिएका मानार्थ अध्यक्ष दीपक विष्टले कदरपत्र र नगदले पुरस्कृत गरे ।बज्राचार्यले कदरपत्रसहित नगद २५ हजार प्राप्त गरे ।

दुई दशकदेखि खेल पत्रकारितामा सक्रिय रहेका बज्राचार्य कान्तिपुर दैनिकमा आबद्ध छन् । विशेष गरी फुटबलमा कलम चाल्ने उनी नेपाली फुटबलको इतिहास र तथ्यांकमा दख्खल मानिन्छन् ।

June 1, 2024

हेल्प नेपाल, गण्डकी र पुलिसको विजयी सुरुवात

काठमाडौ (हाम्रो खेलकद) – उपाधि दावेदार तथा साविक विजेता टिप टप हेल्प नेपाल, नेपाल पुलिस क्लब र गण्डकी प्रदेश भलिबल संघले आठौं पिएम एनभिए भलिबल लिग अन्तरगत पुरुषतर्फ विजयी सुरुवात गरेका छन् । नेपाल भलिबल संघको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा शनिबारदेखि सुरु भएको खेलमा पहिलो खेलमा हेल्प नेपालले बुढानिलकण्ठ भलिबल […]

May 26, 2024

जापानमा पर्वत कप पुरुष भलिबल च्याम्पियनसिप हुने

काठमाडौं । पर्वत समाज जापानकाे आयाेजनामा जापानमा आगामी साउन तेस्राे साता प्रथम पर्वत कप पुरुष भलिबल च्याम्पियनसिप २०२४ आयोजना हुने भएकाे छ । पर्वत समाज जापानले आगामी साउन १९ गते शनिबार (३ अगस्ट २०२४) प्रथम पर्वत कप पुरुष भलिबल च्याम्पियनसिप आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगिता तोडा सिटी स्पोर्टस् सेन्टरमा हुनेछ । जापानमा […]

May 19, 2024

म्यानचेस्टर सिटी लगातार चौथो पटक प्रिमियर लिग च्याम्पियन

एजेन्सी – म्यानचेस्टर सिटी लगातार चौथो पटक इंग्लिश प्रिमियर लिगको उपाधि जितेको छ । लिगको अन्तिम खेलमा वेस्ट ह्याम माथि ३-१ को जित निकालेर आर्सनललाई पछि २ अंकले पार्दै सिटीले कीर्तिमानी लिग उपाधि जितेको हो । इंग्लिश फुटबल इतिहासमा कुनै पनि टिमले लगातार चार पटक लिग उपाधि जितेको यो पहिलो पटक हो । यसअघि हडर्सफिल्ड […]

Success

Thank you for your time.