3 years ago
April 1, 2022
एजेन्सी – आक्रामक ब्याटर आन्द्रे रसेलको विष्फोटक ब्याटिङमा कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा पन्जाब किंग्सलाई ६ विकेटले सहजै पराजित गरेको छ ।
जितका लागि १ सय ३८ रनको विजयी लक्ष्य पछ्याएको कोलकाताले १४.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । कोलकाताको जितमा आन्द्रे रसेल ३१ बलमा २ चौका र ८ छक्कासहित सर्वाधिक ७० रनमा अविजित रहे । साम बिलिंग्स २३ बलमा १ चौका र १ छक्कासहित २४ रनमा अविजित रहे ।
ओपनर अजिक्या रहाणे १२, वंकटेश ऐर ३ र कप्तान श्रेयस ऐर २६ रनमा आउट भए । १५ बल खेलेका कप्तान ऐरले ५ चौका प्रहार गरे । रसेलले स्पिनर लियाम लिभिङस्टोनलाई लगातार दुई छक्का प्रहार गर्दै खेल सकाएका थिए । पन्जाबका स्पिनर राहुल चाहरले ४ ओभरमा १ मेडनसहित १३ रन खर्चेर २ विकेट लिए । कागिसो रबाडा र ओडेन स्मिथले १–१ विकेट लिए ।
त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङ थालेको पन्जाब १८.२ ओभरमा १ सय ३७ रनमा अल आउट भएकोा थियो । पन्जाबका विकेटकिपर भानुका राजपक्षेले ९ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ३१ रनको योगदान दिए । अन्य कुनैपनि ब्याटरको प्रदर्शन राम्रो हुन सकेन ।
तीव्र गतिका बलर उमेश यादवले पहिलो ओभरको अन्तिम बलमा कप्तान मयंक अग्रवाललाई १ रनमा एलबीडब्लू आउट गरे । शिखर धवन टिम साउथीको छैटौं ओभरको पाँचौं बलमा साम बिलिंग्सबाट १६ रनमा क्याच भए । १५ बल खेलेका धवनले १ चौका र १ छक्का प्रहार गरे । उमेशले पन्जाबका प्रमुख ब्याटर लियाम लिभिङस्टोनलाई साउथीबाट १९ रनमा क्याच गराएपछि पन्जाब ७८–४ को अवस्थामा पुगेको थियो ।
पन्जाबले बाँकी ६ रन जोड्दा राज बावा ११ रनमा सुनिल नारायणको बलमा बोल्ड आउट भए । साउथीले शाहरुख खानलाई शून्यमा क्याच गराएपछि पन्जाब संकटमा परेको थियो । उमेशले हरप्रीत बारहलाई १४ रनमा बोल्ड र राहुल चाहरलाई शून्यमा क्याच गराएपछि पन्जाब १४.४ ओभरमा १०२–८ को अवस्थामा पुगेको थियो । कागिसो रबाडा १६ बलमा ४ चौका र १ छक्कासहित २५ रनमा आउट भए । ओडेन स्मिथ ९ रनमा अविजित रहे ।
कोलकाताका उमेश यादवले ४ ओभरमा १ मेडनसहित २३ रन खर्चेर ४ विकेट लिए । टिम साउथीले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए । शिवम माभी, सुनिल नारायाण र आन्द्रे रसेलले १–१ विकेट लिए ।
कोलकाताले पहिलो खेलमा चेन्नई सुपर किंग्सलाई ६ विकेटले हराएको थियो । दोस्रो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरसँग ३ विकेटले पराजित भएको थियो । कोलकाताले अव अप्रिल ६ मा मुम्बईसँग खेल्नेछ । पन्जाबले पहिलो खेलमा बेंगलोरलाई ५ विकेटले हराएको थियो । पन्जाबले आइतबार चेन्नईसँग खेल्नेछ ।
शनिबार दुई खेल हुनेछन् । पहिलो खेलमा मुम्बई र राजस्थानबीच दिउँसो ३ : ४५ मा डिवाई पाटिल स्पोटर््स एकेडेमीमा प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा गुजरात टाइटन्स र दिल्ली क्यापिटल्सबीच महाराष्ट्र क्रिकेट एसोसियसन पुणेमा साँझ ७ : ४५ मा सुरुहुनेछ ।
December 10, 2024
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनीका कप्तान रोहितकुमार पौडेल र साद विन जाफरको अर्धशतकको सहयोगमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । लुम्बिनीका लागि कप्तान रोहितले सर्वाधिक ८० रन […]
December 8, 2024
एजेन्सी – मध्यक्रमका ब्याटर ट्रविस हेडको शतक र तीव्र गतिका बलरको उत्कृष्ट प्रदर्शनमा अष्ट्रेलियाले दोस्रो टेस्ट खेलमा भारतविरुद्ध सहज जित हासिल गरेको छ । दोस्रो टेस्टको तेस्रो दिन आइतवार अस्ट्रेलियाले भारतलाई १० विकेटले सजिलै हरायो। जितसँगै ५ टेस्टको सिरिजमा १-१ को बराबरी भएको छ । दोस्रो इनिङमा १९ रनको सामान्य लक्ष्य घरेलु टोली अस्ट्रेलियाले ३.२ […]
December 7, 2024
एजेन्सी – ४ ब्याटरको अर्धशतकको सहयोगमा इङ्ग्ल्यान्ड न्युजिल्यान्डविरुद्ध दोस्रो इनिङमा विशाल अग्रता तर्फ उन्मुख भएको छ । इङ्ग्ल्यान्डका ४ ब्याटरको अर्धशतकको सहयोगमा दोस्रो टेस्टकाे दोस्रो इनिङमा विशाल अग्रतातर्फ उन्मुख भएको छ । पहिलो इनिङमा १ सय ५५ रनको अग्रताका साथ दोस्रो इनिङको सुरुवात गरेको इङ्ग्ल्यान्डले दोस्रो दिनको समाप्तीमा ५ सय ३३ रनको अग्रता बनाएको छ […]