default_image

3 years ago

February 19, 2023

महिला भलिबल च्यालेन्ज कपलाई नेपालको प्रारम्भिक टोली घोषणा

539 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले आगामी जेठमा नेपालमा आयोजना हुने काभा महिला भलिबल च्यालेन्ज कपको लागि २१ सदस्यीय प्रारम्भिक टाेलीबाट बन्द प्रशिक्षण शुरुवात गरेको छ ।

संघले प्रारम्भिक चरणमा २१ खेलाडी छनोट गर्दै आइतबारदेखि प्रशिक्षण शुरु गरेको हो । छनोटमा यसपटक छैटौं केएनपी महिला राष्ट्रिय भलिबल च्याम्पियनसिपको च्याम्पियन होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबबाट सबैभन्दा बढी ६ खेलाडी प्रशिक्षणमा परेका छन् ।

एपिएफ र आर्मीबाट समान ५ खेलाडी तथा सातौं एनभिए क्लब च्याम्पियनसिपको च्याम्पियन पुलिसबाट चार खेलाडी छनोटमा परेका छन् । गण्डकी प्रदेशबाट राष्ट्रिय टोलीकै कप्तान अरुणा शाही मात्रै प्रारम्भिक चरणको टोलीमा परेकी छिन् ।

गत वर्ष नेपालले एसियन सेन्ट्रल जोनको उपाधि जित्दा टोलीमा रहेका तीन खेलाडी पुलिसकी मनिषा चौधरी र लक्ष्मी चन्द तथा आर्मीकी शान्ति थारु प्रारम्भिक चरणमै पर्न सकेनन् ।

शान्ति थारु, लक्ष्मी चन्द र मनिषा चाैधरी

यस्तै न्यु डायमण्डकी सलिना बुढा मगर र सुमित्रा रेग्मी पहिलोपटक राष्ट्रिय टोलीमा प्रशिक्षणमा पर्न सफल भएका छन् । सलिना विगत डेढ वर्षदेखि तथा सुमित्रा विथ सात महिनादेखि भलिबल खेलिरहेकी खेलाडी हुन् ।

सातौं एनभिए क्लब च्याम्पियनसिप र पछिल्लो विभिन्न प्रतियोगितामा गरेको प्रदर्शनलाई आधार मान्दै चिफ कोचहरुले प्रारम्भिक चरणमा खेलाडी छनोट गरिएको संघका महासचिव रोशन श्रेष्ठले जानकारी गराए ।

उनका अनुसार बेल्जियन प्रशिक्षक जान डे ब्रान्ट नेपाल नआइपुग्दा सम्म यसअघि महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक रहेका जगदिश प्रसाद भट्ट र प्रशिक्षक भरत यादवले टोलीलाई प्रशिक्षण दिनेछन् । बेल्जियन प्रशिक्षक जान डे ब्रान्ट मार्च पहिला साता नेपाल आइपुग्ने संघले जनाएको छ ।

सलिना बुढा मगर

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) को महिला भलिबल च्यालेन्ज कप २० देखि ३० मेमा नेपालमा आयोजना हुँदैछ । च्याम्पियनसिपमा नेपालसहित १० टोलीको सहभागिता रहनेछ । दक्षिण एसियाबाट नेपालसहित भारत, भुटान, माल्दिभ्स, श्रीलंका र अफगानिस्तान तथा एसियन जोनबाट उज्वेकिस्तान, ताजकिस्तान, कीर्गिस्तान र तुर्कमेनिस्तानको सहभागिता रहने बताइएको छ ।

सुमित्रा रेग्मी

२१ सदस्यीय प्रारम्भिक टोली
अरुणा शाही (गण्डकी), सरस्वती चौधरी (एपीएफ), निरुता ठगुन्ना (एपिएफ), आरती सुवेदी (एपीएफ), कविता भट्ट (एपीएफ), पुजा चौधरी (एपीएफ), प्रतिभा माली (न्यु डायमण्ड), सलिना श्रेष्ठ (न्यु डायमण्ड), प्रगति नाथ (न्यु डायमण्ड), रिमा कुँवर (न्यु डायमण्ड), सलिना बुढामगर (न्यु डायमण्ड), सुमित्रा रेग्मी (न्यु डायमण्ड), कृपा अधिकारी (आर्मी), सुनिता खड्का (आर्मी), साफिया पुन (आर्मी), सरस्वती जैशी (आर्मी), संगम महतो (आर्मी), उषा भण्डारी (पुलिस), कामना विष्ट (पुलिस), पुनम चन्द (पुलिस) र शन्तिकला तामाङ (पुलिस)

याे पनि महिला भलिबल टोलीको प्रशिक्षकमा बेल्जियमका ब्रान्ट नियुक्त

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

Success

Thank you for your time.