default_image

1 year ago

March 14, 2023

प्याट्रिएट्स कप क्रिकेट शनिबारदेखि

118 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर प्याट्रिएट्स प्रालिको आयोजनामा प्याट्रिएट्स कप दोस्रो अन्तरकलेज टी–२० क्रिकेट प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।

प्रतियोगितामा १२ छात्र टिमको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी गरायो । सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

समूह ‘ए’ ब्लु बर्ड, ब्रिलियन्ट र टेक्सास तथा समूह ‘बी’ पिनाकल, गोल्डेनगेट र प्राइम रहेका छन् । काठमाडौं मोडल कलेज, काठमाडौं युनिभर्सिटी र केएफए समूह ‘सी’ मा छन् भने ओरियन्ट, हेटौडा स्कुल अफ म्यानेजमेन्ट र पब्लिक युथ कलेज समूह ‘डि’ मा छन् ।

विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । ‘प्लेयर अफ द टुर्नामेन्ट’ लाई २५ हजार नगदबाट पुरस्कृत गरिने छ । उत्कृष्ट ब्याट्सम्यान र बलरले समान १५–१५ हजार नगद पुरस्कार हात पार्ने छन् ।

प्रतियोगितामा जम्मा १५ खेल हुनेछ । प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई २ हजार ५ सय नगद पुरस्कार प्रदान गरिने छ । प्रतियोगिता निर्देशक सारोन जोशीले युवा खेलाडीलाई अवसर प्रदान गर्नुका साथै प्रतिभावन खेलाडीको पहिचान गर्नु प्रतियोगिताको मुख्य उद्देश्य भएको बताइन् ।

सारोनले प्रतियोगिताबाट २ उत्कृष्ट खेलाडी छनोट गरी विशेष सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । पत्रकार सम्मेलनमा प्याट्रियट्सका अध्यक्ष किशोर महर्जनले प्रतियोगिताको ट्रफी सार्वजनिक गरेका थिए ।

आयोजकका अनुसार प्रतियोगिताका लागि ५० लाख रुपैयाँ खर्च हुनेछ । आठदिने प्रतियोगिताका खेलहरु मूलपानी क्रिकेट मैदानमा हुनेछ । पहिलो संस्करणको उपाधि ब्लु बर्डले जितेको थियो ।

May 11, 2024

गिल र सुदर्शनको शतकसहित गुजरातको जित

एजेन्सी – ओपनरद्वय शुभमन गिल र साई सुदर्शनको शतकीय इनिङको मद्दतमा गुजरात टाईटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार चेन्नाई सुपर किंग्सलाई‌ सहजै हराएको छ। गुजरातले चेन्नाई माथि ३५ रनको सहज जित दर्ता गर्यो । अहमदाबादमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले दुई खेलाडीको शतकको मद्दतमा ३ विकेटको क्षतिमा २ सय ३१ रन जोड्यो । […]

May 9, 2024

उत्कृष्ट पुनरामगन गर्दै रियल च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी – खेलको अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्दै रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । बायर्न म्युनिखविरुद्ध घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा बुधबार २-१ र समग्रमा ४-३ को जित निकाल्दै रियल फाइनलमा पुगेको हो । एक गोलले पछि परेको अवस्थामा ८१औं मिनेटमा मैदान प्रवेश गरेका जोसेलुले केही मिनेटको अन्तरालमा २ गोल […]

May 6, 2024

नेपाल इङ्ल्यान्ड ‘सि’ सँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली इङ्ल्यान्ड ‘सि’ सँग पराजित भएको छ । इङ्ल्यान्ड नेसनल लिग टोली एल्डरसट टाउनको घरेलु मैदान इबीबी स्टेडियममा सोमबार भएको खेलमा नेपाल २-० ले पराजित भएको हो । नेपाल खेलको सुरुवाती समयका नै दुई गोलले पछि परेको थियो। इंग्लिस टोलीका लागि आठौं मिनेटमा निक काबाम्बाले […]

Success

Thank you for your time.