default_image

7 years ago

May 12, 2019

प्रिमियर लिगको अन्तिम दिन – सिटी र लिभरपुलमा कसले मार्ला बाजी ?

176 views

0 Bookmark

लिभरपुल (एजेन्सी)– प्रिमियर लिग उपाधिको दाबेदारीलाई बलियो बनाउन लिभरपुलले पहिलो रोजाईको टोली उतार्नेछ । प्रिमियर लिगको अन्तिम दिन आइतबार दाबेदार लिभरपुलले उल्भ्सको सामना गर्नेछ । अर्को तर्फ उपाधि रक्षाको अभियानमा रहेको म्यानचेस्टर सिटीले ब्रिगटोनसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रिमियर लिग उपाधिको छिनोफानो अन्तिम दिन हुन लागेको यो आठौं पटक हो । च्याम्पियन्स लिग फाइनल पुगेको लिभरपुलले सन् १९९० यता प्रिमियर लिग उपाधि जितेको छैन ।

यसपटकको उपाधि दौड कम रोचक छैन । सिटी लगातार १३ खेल देखि विजयी रहँदै आएको छ भने लिभरपुलको निरन्तर जितको संख्या ८ छ । जनवरी देखि दुवै टोली हारेका छैनन् । शीर्षस्थानको सिटीको ९५ र लिभरपुलको ९४ अंक छ । दुई मध्ये जुन टोली दोस्रो भएपनि अहिले सम्म उपविजेता टोलीले प्राप्त गरेको सर्वाीधक अंक हुनेछ ।

सिटीले अन्तिम खेल जित्दा उपाधि रक्षा गर्नेछ । लिभरपुलले भने आफुले जितेर मात्र पुग्ने छैन । लिभरपुलले उपाधि जित्नका लागि सिटीको नतिजाले प्रभाव पार्नेछ । लिभरपुलले सातौं स्थानको उल्भ्सको सामाना गर्दा सिटी सामू कमजोर प्रतिद्वन्द्वि ब्राइटन अंक तालिकाको १७ औं स्थानमा छ ।

लिभरपुल निकै लयमा र उच्च मनोबलका साथ उत्रने सम्भवना छ । बार्सिलोनाविरुद्ध च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेग ३–० ले गुमाएको लिभरपुलले दोस्रो लेगमा ४–० को जित निकाल्दै जुन १ मा हुने फाइनलका लागि स्थान सुरक्षित गरेको थियो । लिभरपुल र टोटेनह्यामबीच जुन १ मा म्याड्रिडमा फाइनल हुनेछ ।

सिटी भने प्रिमियर लिगसहित घरेलु फुटबलमा तीन उपाधि जित्ने पहिलो इंङ्लिस टोली बन्ने दाउमा हुनेछ । पेप ग्वार्डिओलको टोलीले काराबाओ कपको फाइनलमा चेल्सीलाई पेनाल्टीमा हराइसकेको छ । त्यस्तै आउने शनिबार टोलीले वाटफोर्डसँग एफए कप फाइनल खेल्नेछ । तर, तीन उपाधि जित्ने सम्भावनालाई कायम राख्न सिटीले आजको उपाधि जित्नु पर्ने हुन्छ ।

हामीले उल्भ्सका बारेमा सोचेका छौं, सन् २०१२ मा बोरुसिया डर्टमन्डलाई उपाधि दिलाएयता खाली हात रहेका लिभरपुलका प्रशिक्षक योर्गन क्लोपले भने, हामीले शुभकामनाका थुप्रै सन्देश प्राप्त गेका छौं । हाम्रो यात्रा अविश्वसनिय रह्यो । अन्तिम दिनका लागि शुभकामना लिउ र उल्भ्ससँगको खेलका बारेमा सोचौं ।

सिटीले उपाधि जितेमा एलेक्स फर्गुसन र जोस माउरिन्होपछि लगातार दुई पटक प्रिमियर लिग उपाधि जित्ने ग्वार्डिओला तेस्रो प्रशिक्षक हुनेछन् । सपना पुरा गर्ने क्रममा छौं । तर हामी अहिले जुन अवस्थामा छौं , त्यस्तो होला भन्ने अनुमान थिएन, ग्वार्डिओलाले भने, कठिन पक्कै हुनेछ । हामी अन्तिम खेलमा केन्द्रित छौं । त्यो बाहेक हामीले अरु सोचेका छैनौं ।

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

Success

Thank you for your time.