6 years ago
October 10, 2019
एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पूर्व विश्वविजेता जर्मनी र अर्जेन्टिनाको खेल बराबरीमा सकिएको छ । पहिलो हाफमा २-० ले पछाडि परेपनि अर्जेन्टिनाले पुनरागमन गरेको हो ।

जर्मनीले सर्व गनाब्रीको १५ अौं मिनेटको गोलमा अग्रता लिएको थियो । बायर्न म्युनिखका लागि निकै लयमा रहेका उनले अर्जेन्टिनी डिफेन्सको गल्तीको फाइदा उठाउँदै गोल गरेका थिए । त्यसको ६ मिनेटमा नै जर्मनीले अग्रता दोब्बर पार्यो । गनाब्रीकै लो क्रसमा काई हाभर्ट्जले फस्ट टचमा नै गोल गरेका थिए ।
दोस्रो हाफमा अर्जेन्टिनाले वैकल्पिक खेलाडीको मद्दतले दुई गोल फर्कायो । ६६ अौं मिनेटमा मार्कस अकुनाको क्रसमा लुकास अलरियोले हेडरमार्फत गोल गरे । खेल सकिन ५ मिनेट बाँकी रहँदा लुकास अोकाम्पसले अलारियोको उत्कृष्ट मुभलाई गोलमा परिणत गरे ।
जर्मनीले अब युरो छनोटअन्तर्गत समूह सी को खेलमा आइतबार इस्टोनियको सामना गर्नेछ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]