default_image

5 years ago

June 18, 2020

पारा तेक्वान्दो खेलाडीलाई एभरेस्ट तेक्वान्दोको निरन्तर सहयोग

186 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट तेक्वान्दो डोजाङले विपन्न तथा पारा खेलाडीलाई नगद तथा खाद्यान्न सामग्री वितरण कार्यलाई निरन्तरता दिएका छन् ।

View Post

डोजाङले पारा तेक्वान्दोका पाँच जना राष्ट्रिय खेलाडीलाई जनही ५ हजारका दरले तथा दिलिप स्मृति तेक्वान्दो डोजाङका ६ जना खेलाडीलाई खाद्यान्न सामग्री वितरण गरिएको र आगामी दिनमा आवश्यकता अनुसार समस्यामा परेका खेलाडीलाई एभरेष्ट तेक्वान्दोले सहयोग गर्दै जाने नेपाल शाखा अध्यक्ष केशव थापाले जानकारी गराए ।

यस्तै डोजाङले नेपाल शाखाका सम्पुर्ण सदस्यलाई पनि खाद्यान्न वितरण गरिएको जनाकारी गराए । खेलाडी तथा शाखाका सम्पुर्ण सदस्यलाई ललितपुर महानगरपालिका वडा नम्वर १८ का सदस्य गोपाल डंगोलले हस्तान्तरण गरे । एभरेष्ट वल्ड क्लास तेक्वान्दो प्रधान कार्यालय अमेरिकाबाट संस्थापक सिनियर मास्टर कुमार बहादुर कार्की तथा कल्पना कार्कीबाट प्राप्त भएको सहयोग रकम विपन्न तथा पारा खेलाडीलाई हस्तान्तरण गरिएको एभरेष्ट तेक्वान्दो नेपाल शाखाका उपाध्यक्ष बलराम कार्कीले जानकारी गराए ।

एभरेष्ट तेक्वान्दोको नेपाल शाखाका सचिव संजिव फुयालले सरकारले राष्ट्रका गहना खेलाडीको लागि मात्र भनेर राहत कार्यक्रम नबनाएको अवस्थामा एभरेष्ट तेक्वान्दोले यो खालको कार्यक्रम बनाएकोमा धन्यवाद व्यक्त गरे । विपन्न खेलाडीलाई सहयोग गरेकोमा सिनियर मास्टर कुमार कार्की र मास्टर कल्पना कार्कीलाई पारा तेक्वान्दोका राष्ट्रिय प्रशिक्षक कविराज नेगि र दिलिप स्मृति तेक्वान्दो डोजाङका प्रमुख राजेन्द्र पुजाराले खेलाडीको तर्फबाट धन्यवाद व्यक्त गरे ।

डोजाङले यसअघि पनि विपदमा परेका खेलाडीहरुलाई सहयोग गर्दै आइरहेका छन् ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.