default_image

4 years ago

July 14, 2020

अप्रत्याशित त्यो विश्वकप फाइनल…

मिति – सन् २०१९ जुलाई १४ स्थान – लर्ड्स क्रिकेट मैदान टोली – इंग्ल्यान्ड विरुद्ध न्युजिल्यान्ड प्रतियोगिता – एकदिवसिय विश्वकप आहा! त्यो विश्वकप फाइनल । एक अविश्वसनिय र अविष्मरणीय विश्वकप फाइनल । विश्वकप फाइनल बराबर हुँदै सुपर ओभर । सुपर ओभर पनि बराबर । अनि चौका छक्का बढी प्रहारको आधारमा विश्वकप च्याम्पियन । विश्व क्रिकेट […]

62 views

0 Bookmark

मिति – सन् २०१९ जुलाई १४

स्थान – लर्ड्स क्रिकेट मैदान

टोली – इंग्ल्यान्ड विरुद्ध न्युजिल्यान्ड

प्रतियोगिता – एकदिवसिय विश्वकप

आहा! त्यो विश्वकप फाइनल । एक अविश्वसनिय र अविष्मरणीय विश्वकप फाइनल । विश्वकप फाइनल बराबर हुँदै सुपर ओभर । सुपर ओभर पनि बराबर । अनि चौका छक्का बढी प्रहारको आधारमा विश्वकप च्याम्पियन ।

विश्व क्रिकेट इतिहासकै सर्वाधिक रोमाञ्चक र सर्वोत्कृष्ट खेल तर आईसिसीको नियम र अम्पायरको निर्णयले खल्लो र नमिठो बनाएको त्यो क्षण । त्यसैले खेलाडी र समर्थकले जुलाई १४ लाई कसरी बिर्सन र भुल्न सक्लान् र ? जुन अहिले सम्झदा पनि ढुकढुकी बढ्ने गर्दछ ।

सन् २०१९ को एक दिवसिय विश्वकप प्रतियोगितामा घरेलु टोली इंग्ल्यान्ड तेस्रो र न्युजिल्यान्ड चौथो स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेका थिए । समान ११ अंकका साथ न्युजिल्यान्डले नेट रन रेटको आधारमा पाकिस्तानलाई पछि पार्दै अन्तिम चारमा स्थान बनाएको थियो । सेमिफाइनलमा तुलनात्मक रुपमा कमजोर मानिएको न्युजिल्यान्डले शीर्ष स्थानमा रहेको भारतलाई १८ रनले हराउँदै फाइनलमा पुगेपछि विश्वकप झनैं रोमाञ्चक बन्न पुग्यो ।

इंग्ल्यान्ड पाँच पटकको विश्वकप च्याम्पियन अष्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो । इंग्ल्यान्ड तीन पटक सम्म उप विजेता बन्दाको तितो अनुभवलाई चौथो पटक अन्त्य गर्ने सोचमा थियो । सन् २०१५ को विश्वकप फाइनलमा न्युजिल्यान्ड उप विजेता बन्दा इंग्ल्यान्ड समूह चरणबाटै बाहिरिएको थियो । इंग्ल्यान्ड २०१९ को फाइनलमा अभागी टोलीको छाप अन्त्य गर्न चाहन्थ्यो ।

सन् २०१५ को विश्वकपको समूह चरणबाटै बाहिरिएपछि इंग्ल्यान्डले घरेलु मैदानमा चार वर्षपछि हुने विश्वकपमा उपाधि जित्ने लक्ष्यका साथ तयारी र रणनिति थालेको थियो । दुवै टोली पहिलो पटक एक दिवसिय विश्वकप जित्दै इतिहास रच्ने सोचमा थिए । न्युजिल्यान्डको प्रमूख हतियार तीव्र गतिको बलिङ हुँदा इंग्ल्यान्डको ब्याटिङ थियो ।

लर्ड्समा न्युजिल्यान्डका कप्तान केन विलियम्सनले टस जितेर ब्याटिङ रोजे । हेनरी निकोलसले ५५ र टम लाथमको ४७ रनको सहयोगमा न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ४१ रन बनाएको थियो । इंग्ल्यान्डका क्रिस वोक्स र लियाम प्लान्केटले ३–३ विकेट लिएका थिए ।

सेमिफाइनलमा २ सय ४० रनको लक्ष्य पछ्याएको भारतलाई २ सय २१ रनमा अल आउट गर्दै फाइनलमा पुगेको न्युजिल्यान्डको मनोबल उच्च थियो । ट्रेन्ट बोल्ट, म्याट हेनरी र लोकी फर्गुसनको लयले उपाधिको आशा बढाएका थिए ।

लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्डका शीर्षक्रमका ब्याट्सम्यान चल्न सकेनन् । ओपनर जोसन रोय १७, जोनी बेयरस्टो ३६, जो रुट ७ र कप्तान ओईन मोर्गन ९ रनमा आउट भएपछि इंग्ल्यान्ड दबाबमा पर्यो । ३२.१ ओभरमा ८६–४ को अवस्थामा पुगेको इंग्ल्यान्डलाई पाँचौ विकेटका लागि विकेटकिपर जस बटलर र बेन स्टोक्सले १ सय १० रनको शतकीय महत्वपूर्ण साझेदारी गर्दै जितको आधार तय गरेका थिए । तर बटलर ४४.५ ओभरमा ५९ रनमा रन आउट भएपछि खेलले नयाँ मोड लिएको थियो ।

४७ औं ओभरको पहिलो बलमा क्रिस वोक्स २ रनमा आउट भए । इंग्ल्यान्डलाई अन्तिम १२ बलमा २४ रन आवश्यक पर्दा ४ विकेट हातमा थियो । जेम्स निशमले सुरुवाती दुइ बलमा १–१ रन दिए । तेस्रो बलमा लियाम प्लान्केटलाई १० रनमा बोल्टबाट क्याच गराउँदै दबाब बढाए । तर चौथो बलमा स्टोक्सले मिडविकेटमा उत्कृष्ट छक्का प्रहार गर्दै जितको आशा कायमै राखे ।

पाँचौ बलमा १ रन बटुले । छैटौं बलमा जोफ्रा आर्चर शून्यमा आउट भएपछि इंग्ल्यान्डको सम्भावना कठिन बन्न पुग्यो । इंग्ल्यान्डलाई च्याम्पियन बन्न अन्तिम ६ बलमा १५ रन बनाउनु पर्ने भएको थियो । बलिङमा बोल्ट र स्ट्राइकमा स्टोक्स हुँदा नजिता कता जान्छ भन्न सक्ने अवस्था थिएन । इंग्ल्यान्डको आशा भरोसा सबै स्टोक्स थिए ।

तर सुरुवाती दुइ बल बोल्टले योर्कर फाल्दै डट राखेपछि न्युजिल्यान्डको सम्भावना बलियो देखिएको थियो । त्यसैले इंग्ल्यान्डका सर्मथकले मैदान छोड्न थालेका थिए । तर तेस्रो बलमा स्टोक्सले मिडविकेटमा उत्कृष्ट छक्का प्रहार गरे ।

चौथो बलमा फुलटस बललाई स्टोक्सले मिडविकेटमा प्रहार गर्दै दुइ रन लिँदै स्ट्राइक आफूसँगै राख्न चाहे र त्यसै अनुसार दौडिए । तर मार्टिन गुप्टिलको थ्रो बल विकेटकिपरतर्फ फाल्नेक्रममा स्टोक्सको ब्याटमा लागेर बल सीमा रेखामा पुगेपछि अम्पायरले चार रन दिए ।

समग्रमा इंग्ल्यान्डको खातामा ६ रन जोडियो । स्टोक्सले डाइभ हान्नेक्रममा उनको ब्याटमा लागेर बल सीमा रेखामा पुगेको थियो । स्टोक्सले आफूले जानी जानी नगरेको भन्दै माफी समेत मागेका थिए । उक्त एक्स्ट्रा चार इंग्ल्यान्डले नपाएको भए सायद न्युजिल्यान्ड विश्वकप च्याम्पियन बन्न सक्थ्यो होला ।

अन्तिम दुइ बलमा ३ रन चाँहिएको थियो । पाँचौ बलमा दुइ रन लिनेक्रममा आदिल राशिद रन आउट हुन पुगे । अन्तिम बलमा स्टोक्सले फुलटस बललाई लङ अनमा प्रहार गर्दै दुइ रन लिने क्रममा मार्क उड रन आउट भएपछि नतिजा बराबर भएको थियो ।

च्याम्पियन टोलीको छनोट सुपर ओभरबाट गर्नु पर्यो । १ सय ४७ मिनेट मैदानमा बिताउँदै नायक बनेका स्टोक्स ९८ बलमा ५ चौका र २ छक्का सहित ८४ रनमा अविजित रहेका थिए ।

सुपर ओभर झनैं रोमाञ्चक बन्यो । सुपर ओभरमा बोल्टको पहिलो बलमा स्टोक्सले ३ र दोस्रो बलमा बटलरले १ रन लिए । तेस्रो बलमा स्टोक्सले चौका प्रहार गरे । चौथोमा १, पाँचौ २ र अन्तिम बलमा बटलरले चौका प्रहार गर्दै कुल १५ रन बनाए । न्युजिल्यान्डलाई विश्वकप उपाधि जित्न १६ रन बनाउनु पर्ने भयो । आर्चरले पहिलो बलमै वाइड फाल्दा लगत्तै दुइ रन खर्चिए ।

दोस्रो बलमा जेम्स निशमले उत्कृष्ट छक्का प्रहार गरे । उक्त छक्काले न्युजिल्यान्डको सम्भावना कायमै राख्यो । तेस्रो बलमा फिल्डिङमा गल्ती गर्दा २ रन जोड्न सफल भयो । चौथो बलमा पनि दुइ रन बटुलेको थियो । पाँचौ बलमा १ रन बटुले पछि न्युजिल्यान्डलाई विश्वकप च्याम्पियन बन्न अन्तिम बलमा दुइ रन आवश्यक थियो ।

मार्टिन गुप्टिलले डिप स्क्वायर लेगमा बल प्रहार गरे । तर दोस्रो रन लिनेक्रममा जोसन रोयले सिधैं विकेटकिपर बटलरलाई बल दिए । बटलर योर्कर लाइन भन्दा अलिकति अघि आएर उत्कृष्ट स्टम्पिङ रन आउट गराएपछि इंग्ल्यान्ड च्याम्पियन बनेको थियो ।

स्टोक्सले मैदानमै सुतेर सेलिब्रेसन गरे । इंग्ल्यान्डका खेलाडी, प्रशिक्षक र अफिसियलले मैदानमा अंगालो मार्दै खुसी मनाउन थाले । मैदान बाहिर समर्थकले मनाए । यसअघि तीन पटक एक दिवसिय विश्वकप फाइनलमा पराजित बनेको इंग्ल्यान्ड पहिलो पटक च्याम्पियन बन्दाको खुसि शब्दले बयान गर्न सकिन्न । यता विश्वकप च्याम्पियन बनाउन चुकेका गुप्टिल मैदानमा रोए । त्यो भन्दा अझ पिडादायी दृश्य ड्रेसिङ रुममै शिर झुकाउँदै बसेका न्युजिल्यान्डका खेलाडीमा देख्न सकिन्थ्यो ।

आइसिसीको नियम अनुसार सुपर ओभर बराबर भएमा जसले चौका छक्का बढी प्रहार गरेको हुन्छ त्यहि टोली विजयी हुन्छ । विश्वकप इतिहासमा पहिलो पटक सुपर ओभर बराबरी हुँदा चौका छक्काको आधारमा इंग्ल्यान्ड च्याम्पियन बन्न पुगेको थियो । जुन फाइनल खेललाई क्रिकेट इतिहासकै सर्वाधिक रोमाञ्चक र उत्कृष्ट मानिन्छ ।

सुपर ओभरमा पनि बराबर भएमा आइसिसीको चौका र छक्का बढी जसले प्रहार गर्छ त्यहि टोली विजयी हुने नियमको चौतर्फी आलोचना भयो । धेरै क्रिकेट विज्ञले संयुक्त रुपमा उपाधि प्रदान गर्नुपर्ने वा थप एक सुपर ओभर गराउनु पर्ने धारणा राखेका थिए । त्यहि आलोचनाको कारण आईसिसीले उक्त नियमनै परिवर्तन गयो ।

अब सुपर ओभरमा बराबर भएमा नतिजा नआउँदा सम्म सुपर ओभर भइराख्ने छ । त्यो समय न्युजिल्यान्डका खेलाडी र प्रर्दशनलाई हेर्दा आइसिसीको नियमले न्युजिल्यान्डलाई अन्याय परेको भान भयो । त्यसैले क्रिकेट इतिहासकै रोमाञ्चक र सर्वोत्कृष्ट खेल हुँदा आइसिसीको नियमले भने खल्लो र नमिठो पल बनायो । त्यसैले जुलाई १४ विश्व क्रिकेटमा सधैं अविष्मरणीय बन्नेछ । आजको दिन इंग्ल्यान्ड क्रिकेटको लागि एउटा पर्व जस्तै बनिराख्ने देखिन्छ ।

April 26, 2024

आर्मीलाई हराउँदै पुलिस फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय डर्वी भिडन्तमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । राउन्ड रोविन लिगको अन्तिम खेलमा आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै पुलिसले फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो खेल गुमाएको पुलिसले त्यसपछि दोस्रो खेलमा चन्द्रागिरि नगरपालिका न्यु […]

April 25, 2024

आर्मीमाथि एपिएफको रोमाञ्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – साविक उपविजेता विभागीय नेपाल एपिएफ क्लबले सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । एपिएफले आर्मीलाई ३–२ को सेटमा पराजित गर्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो । सुरुवाती दुई सेट जितेको एपिएफले त्यसपछि लगातार दुई […]

April 24, 2024

हिमाल र रिमा सर्वाेत्कृष्ट

गोरखा (हाम्रो खेलकुद) – नवलपुरका मिडल ब्लकर हिमाल सुनारी र पर्वतकी स्पाइकर रिमा कुँवर गण्डकी प्रदेश स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । दुवैले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन सानदार प्रदर्शन गरेका थिए । सर्वाेत्कृष्ट बनेसँगै उनले १० हजार रुपैयाँसँगै ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । गोरखाको बारपाक सुलिकोट […]

Success

Thank you for your time.