5 years ago
December 11, 2020
काठमाडौं (हाम्रो खेलकुद) – एसियाली फुटबल महासंघ (एएफसी) ले कतारमा हुने फिफा विश्वकप २०२२ को छनोट चरण अन्तर्गत समूह चरणको बाँकी खेलको खेल तालिका सार्वजनिक गरेको छ ।

सन् २०२० कै मार्चमा हुने तय भएको खेल कोरोना भाइरस संक्रमणका कारण अक्टोबर-नोभेम्बरलाई सारिएको थियो । तर स्थिति सुधार नहुँदा एएफसीले खेल स्थगित गरेको थियो । अब नेपालले बाँकी खेल मार्च र जुन महिनामा खेल्ने भएको छ । छनोट अन्तर्गत ५ खेलमा १ जित र ४ हार बेहोरेको नेपालले ३ खेल खेल्न बाँकी छ । बाँकी सबै खेल दशरथ रंगशालामा हुनेछ ।
एएफसीले नेपाल र चाइनिज ताइपेइको खेल २५ मार्च २०२१ (चैत्र १२ २०७७) को लागि तोकेको छ । नेपालले त्यसको ५ दिनपछि नै ३० मार्चमा (चैत्र १७) अष्ट्रेलियासँग खेल्नेछ । विश्वकप छनोटको अन्तिम खेलमा नेपालले जोर्डनको सामना गर्नेछ । उक्त खेल ७ जुन २०२१ मा (२४ जेठ २०७८) हुनेछ ।
नेपालले विश्वकप छनोटमा एकमात्र जितको रुपमा चाइनिज ताइपेइको मैदानमा २-० को जित दर्ता गरेको थियो । उक्त खेलमा दुवै गोल अन्जन विष्टले गरेका थिए । नेपालले पछिल्लो पटक कुवेतविरुद्ध खेलेको थियो । रंगशाला खेल्न योग्य नहुँदा भुटानमा भएको उक्त खेलमा नेपाल १-० ले पराजित भएको थियो । समूह बी मा रहेको नेपाल हाल अंक तालिकाको चौथो स्थानमा छ ।

राष्ट्रिय टोलीले आइतबारदेखि विश्वकप छनोटलाई लक्षित गरेर तयारी सुरु गर्दैछ । एन्फाले ५८ खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने निर्णय गत साता गरेको थियो । प्रमुख प्रशिक्षक योहान कालिनले राजिनामा दिएपछि हाल बालगोपाल महर्जनले कार्यवाहक प्रशिक्षकको जिम्मेवारी निभाएका छन् ।
यो पनि :
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]