default_image

3 years ago

March 20, 2021

सेमिफाइनलमा भारतीय खेलाडीसम्मिलत विमान र एपिएफ खेल्दै

80 views

0 Bookmark

ईलाम (हाम्रो खेलकुद) – दोस्रो संस्करणको ईलाम आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगिता दोस्रो सेमिफाइनलमा आज (शनिबार) विभागीय टोली नेपाल एपिएफ क्लबले भारतीय टोली विमान ट्रेडर्स विर्तामोडसँग खेल्दै छ ।

खेल दिउँसो ३ बजे ठूलो टुडिखेलमा हुने छ । एपिएफ समूह बी को विजेता हो । एपिएफले पहिलो खेलमा नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा पराजित गरेको थियो । दोस्रो खेलमा दमकलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

यता भारतीय राष्ट्रिय टोलीका तीन खेलाडी सम्मिलित विमान पहिलो खेलमा आर्मीसँग ३–२ को सेटमा पराजित भएको थियो । दोस्रो खेलमा साविक विजेता गण्डकी प्रदेशलाई ३–० ले पराजित गर्दा अन्तिम खेलमा गौरादह नगर खेलकुद विकास समितिले वाक ओभर दिएको थियो ।

समान ७ अंक भएपनि आर्मी हेड टु हेडका आधारमा शीर्ष र विमान दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेका थिए । भारतीय खेलाडीले भरिभराउ विमान बलियो र उपाधिको दाबेदार टोली हो ।

एपिएफमा महेन्द्र श्रेष्ठ, टेकराज अवस्थी, विजय थापा, सुनिल घर्ती, हेमन्त मल्ल, दुर्गा बहादुर सुनार लगायतका खेलाडी छन् । विमानमा भारतीय टोलीका रोहित कुमार, प्रिन्स र सुभम चौधरी छन् ।

सुभम भने गण्डकीको खेलको क्रममा घाइते भएका थिए । उनले खेल्ने सम्भावना कम छ । गौरभ तमोर, शिखर धिमन, विजय सिताराम राजु, रेमन्त चौहान विकाश लगायतका खेलाडी छन् ।

फाइनल आइतबार हुने छ । प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो हुने टोलीले १ लाख पाउने छन् ।

May 18, 2024

सिता ललितपुर मेयर्स कपमा उत्कृष्ट खेलाडी घोषित

काठमाडौं (हाम्रो खेलकुद) – उपाधि विजेता नेपाल एपिएफ क्लबकी कप्तान तथा अल-राउण्डर सिता राना मगर ललितपुर मेयर्स टि-२० च्याम्पियनसिप २०२४ को उत्कृष्ट खेलाडी घोषित भएकी छन् । एपिएफले चौथो पटक उपाधि प्रतियोगितामा सिता अल-राउण्ड प्रदर्शनका साथ उत्कृष्ट खेलाडी घोषित भएकी हुन् । सिताले प्रतियोगितामा ५ खेलमा १४२ रन प्रहार गर्नुका साथै ४ विकेट समेत लिन […]

May 16, 2024

कोशीको अन्तिम खेलमा पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर मेयर्स कप २०८१ को आफ्नो अन्तिम खेलमा कोशी प्रदेशले सान्त्वना जित दर्ता गरेको छ । पहिलो जित दर्ता गर्ने क्रममा कोशीले आयोजक ललितपुर मेयर्स-११ लागि ६ विकेटले पराजित गरेको हो । ललितपुरले दिएको ८९ रनको लक्ष्य कोशीले १८औं ओभरको अन्तिम बलमा ४ विकेट गुमाएर भेटायो । कोशिका लागि ओपनर काजल […]

May 11, 2024

गिल र सुदर्शनको शतकसहित गुजरातको जित

एजेन्सी – ओपनरद्वय शुभमन गिल र साई सुदर्शनको शतकीय इनिङको मद्दतमा गुजरात टाईटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार चेन्नाई सुपर किंग्सलाई‌ सहजै हराएको छ। गुजरातले चेन्नाई माथि ३५ रनको सहज जित दर्ता गर्यो । अहमदाबादमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले दुई खेलाडीको शतकको मद्दतमा ३ विकेटको क्षतिमा २ सय ३१ रन जोड्यो । […]

Success

Thank you for your time.