default_image

ताजा समाचारहरु

people's choice 2074

April 25, 2018

पिपुल्स च्वाईस अवार्डको मनोनयन सार्वजनिक -सन्दीप, किरणसहित पाँच खेलाडीबीच प्रतिस्पर्धा

काठमाडौं (हाम्रो खेलकुद)– क्रिकेटका सन्दीप लामिछाने, फुटबलका किरण चेम्जोङसहित पाँच अलग अलग खेलका खेलाडी पल्सर स्पोर्टस अवार्ड २०७४ को पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेका छन् ।  अर्को महिना हुने अवार्डका लागि नेपाल खेलकुद पत्रकार मञ्चले बुधबार पत्रकार सम्मेलनमार्फत पिपुल्स च्वाइस अवार्ड मनोनयन सार्वजनिक गरेको हो । सन्दीप, किरणसँगै मनोनयमा पर्नेमा भलिबलका मानबहादुर श्रेष्ठ, गल्फकी प्रतिमा […]

real vs bayern

April 25, 2018

च्याम्पियन्स लिगमा बायर्न र रियल भिड्दै

म्युनिख (एजेन्सी) – च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा बायर्न म्युनिखले घरेलु मैदान एलिनाज एरिनामा रियल म्याड्रिडलाई निम्त्याउँदै छ। खेल आज नेपाली समय अनुसार रातको १२:३० बजे सुरु हुँदैछ । दुवै टोली युरोपियन फुटबलको बलियो शक्तिको रुपमा चिनिन्छन्। यसअघि बायर्न र रियल च्याम्पियन्स लिगमा २२ पटक भेटेका छन्। जसमध्ये बायर्नले ११ जित निकालेको छ भने रियलको नाममा […]

volleyball nepal

April 25, 2018

नेपाली भलिबल टोलीले ३२ वर्षपछि एसियाड खेल्ने पक्का

काठमाडौं (हाम्रो खेलकुद)– नेपालको राष्ट्रिय भलिबल टोलीले तीन दशक भन्दा लामो समयपछि एसियाली खेलकुद (एसियाड) मा भाग लिने पक्का भएको छ । नेपालको भलिबल टोलीले पछिल्लो पटक सन् १९८४ सिओल एसियाडमा भाग लिएको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी (एनओसी) को पत्र मंगलबार प्राप्त भएसँगै इन्डोनेसियाको जाकार्तामा भदौमा हुने १८ औं […]

volleyball Nepal

April 25, 2018

सेन्ट्रल जोन भलिबलः ठूलो सफलताका लागि तुर्केमिनिस्तानलाई हराउनै पर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय भलिबल टोलीले अहिले सम्मकै ठूलो सफलता प्राप्त गर्ने हो भने बंगलादेशमा जारी चौथो एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर मेन्स भलिबल च्याम्पियनसिपको आजको खेल जित्नु पर्ने हुन्छ ।   नेपालले तुर्केमिनिस्तानसँग आज हुने सेमिफाइनल जितेमा कम्तीमा रजत पदक पक्का गर्नेछ । यसअघि सोही प्रतियोगितामा नेपालले कास्य पदक जितेको […]

April 25, 2018

रास्फर्डलाई रोनाल्डोको विशेष उपहार

म्याड्रिड (एजेन्सी) – म्यानचेस्टर युनाइटेडका युवा फरवार्ड मार्कस रास्फर्डलाई रियल म्याड्रिडका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले विशेष उपहार दिएका छन् । निकै नजिकको सम्बन्ध रहेका यी दुई खेलाडीबीच यसअघि पनि उपहार आदान-प्रदान भएको थियो  । पाँच पटकका ब्यालन डि’अोर विजेता रोनाल्डो अहिले बायर्न म्युनिखविरुद्ध च्याम्पियन्स लिग सेमिफाइनलको तयारीमा छन् । तर उनले त्यसअघि अाफ्नो पुरानो क्लबका युवा […]

April 25, 2018

नेपालगन्ज कपको फाइनलमा दंगाली गोर्खाज र रोल्पा गोरिल्लाज भिड्दै

कोहलपुर (हाम्रोखेलकुद)- पहिलो नेपालगन्ज कप क्रिकेट प्रतियोगिताको फाइनलमा दंगाली गोर्खाज र रोल्पा गोरिल्लाज भिड्दै छन् । कोहलपुर स्थित कोहलपुर क्रिकेट मैदानमा हुने खेल आज बिहान ११ बजे सुरुहुने आयोजकले जनाएको छ । प्रतियोगिताको बिजेता टोलीले ट्रफी तथा नगद १ लाख १० हजार रुपैयाँ र उपबिजेता हुने टोलीले नगद ६० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।  ६ टोली सम्मिलित प्रतियोगिताको समूह […]

salah-liverpool

April 25, 2018

लिभरपुलको जितमा सालहको कीर्तिमान

लिभरपुल (एजेन्सी) – लिभरपुलले घरेलु मैदानमा एएस रोमालाई ५-२ ले पराजित गर्दा मोहम्मद सालाहले दुई गोल गरे। च्याम्पियन्स लिगमा सालहले यस सिजन १० गोल पुरा गरेका छन्।  खेलको ३६ औं मिनेटमा विश्वस्तरीय गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका सालाहले पहिलो हाफको इन्जुरी समयमा अर्को गोल गर्दै लिभरपुलको अग्रता दोब्बर गरेका थिए। च्याम्पियन्स लिगमा व्यक्तिगत २ गोल […]

Salah Liverpool

April 25, 2018

च्याम्पियन्स लिग – लिभरपुलको जितमा सालाहको जादू

लिभरपुल (एजेन्सी) – मोहम्मद सालाहको उत्कृष्ट प्रदर्शनमा प्रेरित लिभरपुलले च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा रोमाविरुद्ध ५-२ को अग्रता बनाएको छ। लिभरपुलको जितमा इजिप्टसियन विङ्गर सालाह र फरवार्ड रोबर्टो फर्मिनोले २ गोल र २ असिस्ट गरे।  खेलको सुरुआती २० मिनेटमा भ्रमणकारी रोमाले नियन्त्रण राखे पनि लिभरपुल त्यसपछि उत्कृष्ट रह्यो। खेलको २८ औं मिनेटमा साडियो मानेले लिभरपुललाई अग्रता दिलाउने राम्रो अवसर गुमाएपनि सालहले […]

April 25, 2018

हैदराबादको चौथो जित, मुम्बई फेरि पराजित

मुम्बई (एजेन्सी)– सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा मंगलबार मुम्बई इन्डियन्सलाई ३१ रनले हराएको छ । कम स्कोरलाई बचाउने गर्ने क्रममा १ सय १९ रनको लक्ष्य पछ्याएको मुम्बईलाई हैदराबादले १८.५ ओभरमा ८७ रनमा रोक्यो । मुम्बईका लागि दुई खेलाडीले मात्र दोहोरो अंकमा रन जोड्न सके । छैटौं खेलमा चौथो जितका साथ हैदराबाद तेस्रो स्थानमा […]

April 24, 2018

मनमोहन स्मृति क्रिकेटको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)– यसै साता सुरु हुने मनमोहन स्मृति अन्तर प्रदेश यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जानकारी गराएको छ । आयोजक मनमोहन मेमोरियल क्रिकेट सेन्टरले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सातै प्रदेशको छनोट सम्पन्न भइसकेको सेन्टरका अध्यक्ष ठाकुर गैरे बताए । प्रतियोगिता कीर्तिपुर त्रिवि क्रिकेट मैदानमा बिहीबारदेखि सुरु हुँदैछ । सहभागी […]

Success

Thank you for your time.