default_image

ताजा समाचारहरु

April 27, 2018

ग्रिज्मनको गोलसँगै आर्सनल बराबरीमा रोकियो

लन्डन (एजेन्सी) – युरोपा लिगको सेमिफाइनल अन्तर्गत बिहीबार एटलेटिको म्याड्रिडले आर्सनललाई १-१ को बराबरीमा रोकेको छ । घरेलु मैदानमा इमिरेट्स स्टेडियममा आर्सनलले अग्रता लिएपनि अन्तिम समयमा त्यसलाई बचाउन सकेन । प्रशिक्षक आर्सेन वेंगरको अन्तम युरोपियन खेलमा आर्सनल खेलको सुरुआतमै बलियो स्थितिमा थियो । दशौं मिनेटमा एटलेटिकोका डिफेन्डर सिमे भर्साल्को दोहोरो पहेंलो कार्ड खाँदै मैदान बाहिरीएपछि […]

April 27, 2018

आइपिएलमा हैदराबादसँग पञ्जाबको हार

हैदराबाद (एजेन्सी)– सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा बिहिबार किङ्स ११ पञ्जाबलाई १३ रनले हराएको छ । ७ मध्ये ५ खेल जितेको हैदराबादको १० अंक साथ दोस्रो स्थानमा उक्लेको छ । ६ खेलमा चेन्नई सुपर किङ्स र ७ खेलमा पञ्जाबको पनि समान १० अंक छ । चेन्नई शीर्ष र पञ्जाब तेस्रो स्थानमा छ । […]

April 26, 2018

विदाईमा नथामिएको कृपाको आँसु

काठमाडौं (हाम्रो खेलकुद)– न्यु डायमण्ड एकेडेमीले नेपाली सेनाको सहायक सेनानी (सेकेण्ड लेफ्टिनेन्ट) पदमा उर्तिण भएकी आफ्ना मुख्य खेलाडी तथा सेटर कृपा अधिकारीलाई बिहिबार बधाई दिन र विदाई गर्न कार्यक्रमको आयोजना ग¥यो । कार्यक्रम सुरु हुनुअघि देखि नै आगन्तुकले कृपालाई बधाई दिइरहेका थिए । सबै हसिला देखिन्थे । कार्यक्रम सुरु भएको केहि समयमा कृपाको बोल्ने पालो […]

April 26, 2018

नयाँ नेतृत्वका लागि कुराँशको साधारण सभा बस्दै

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल कुराँश संघले शनिबार नयाँ नेतृत्व पाउने भएको छ । त्यसका लागि संघको पहिलो साधारण सभा शनिबार राजधानीमा बस्दैछ । साधारण सभाका लागि सबै तयारी पुरा भएको संघले जनाएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले केहि महिना अघि ध्रुबराज न्यौपानेको संयोजकत्वमा संघ पूर्नगठन गर्दै साधारण गर्न निर्देशन दिएको थियो । विधान […]

home real madrid

April 26, 2018

घरेलु मैदानमा रियल कमजोर

म्याड्रिड (एजेन्सी) – च्याम्पियन्स लिग सेमिफाइनल अन्तर्गत पहिलो लेगमा रियल म्याड्रिडले बायर्न म्युनिखको घरेलु मैदानमा २-१ को अग्रता लियो। सामान्यतया अवे खेलमा २-१ को अग्रतालाई निकै राम्रो नतिजा मानिन्छ।  तर रियल म्याड्रिडको घरेलु मैदानको नतिजा हेर्नेहो भने बायर्नविरुद्ध रियलले ‘ट्रेन्ड’ तोड्न जरुरी छ। च्याम्पियन्स लिगकै सेमिफाइनलमा युभेन्टसको घरेलु मैदानमा ३-० को सहज अग्रता लिएपनि स्यान्टियागो बर्नेबाउमा भने ३-१ […]

April 26, 2018

रुस्लान थ्री स्टार माइभ्याली गोल्डकपको सेमिफाइनलमा

इलाम (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लब चौथो माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । अर्को ए डिभिजन क्लब नेपाल पुलिसलाई टाइब्रकेरमा ४–३ ले हराउँदै थ्री स्टार अन्तिम आगमा पुगेको हो ।  निर्धारित समयमा १–१ को बराबरीमा टुंगिएको खेलमा थप १५ मिनेटमा पनि कुनै गोल हुन सकेन । पेनाल्टी थ्री स्टार भाग्यशाली सावित भयो […]

April 26, 2018

‘इनियस्टा ब्राजिलियन हुन्थे भने बालोन डी ओर जित्थे’

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिड एवंम् स्पेन राष्ट्रिय फुटबल टोलीका कप्तान सर्जियो रामोसले स्पेनिस सहकर्मी आन्द्रे इनियस्टाले ब्राजिलिन नभएकै कारण बालोन डी ओर अवार्ड नजितेको विवादस्पद अभिव्यक्ति दिएका छन् । ३३ वर्षे बार्सिलोनाका सफल खेलाडी इनियस्टाले यो सिजनको अन्त्यसँगै क्लबसँगको यात्रा अन्त्य गर्ने अनुमान गरिएको छ । बार्सिलोनामा १६ वर्ष बिताउने क्रममा इनियस्टाले थ्रुपै उपाधि जितेका […]

April 26, 2018

लिभरपुलका सालाहलाई फर्म कायम जेरार्डको सल्लाह

लिभरपुल (एजेन्सी)– लिभरपुलका स्टार मोहम्मद सालाह अहिले विश्वकै उत्कृष्ट खेलाडी भएको क्लबका महान खेलाडी स्टेफन जेरार्डले बताएका छन् । सालाहको उच्च प्रदर्शनबाट प्रेरित लिभरपुलले मंगलबार राती च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा रोमालाई ५–२ ले हराएको थियो । रोमाविरुद्ध २ गोल गरेका इजिप्टियन स्टारले यो सिजन सबै खेलमा गरि ४३ गोल गरिसकेका छन् । क्लबका लागि […]

April 26, 2018

युरोपा सेमिफाइनलमा आर्सनल र एट्लेटिको भिड्दै

लन्डन (एजेन्सी) – युरोपा लिगको सेमिफाइनलमा इंग्ल्यान्ड र स्पेनका दुई ठूला क्लब आमने-सामने हुँदैछन् । प्रिमियर लिगको छैटौं स्थानमा रहेको आर्सनल र स्पेनिस लिगको दोस्रो स्थान ओगटेको एट्लेटिको म्याड्रिड फाइनलमा स्थान बनाउन भिड्न लागेका हुन् । बिहीबार राती हुने पहिलो लेग आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा हुँदैछ । आर्सनलका मेसुट ओजील, ज्याक विल्सियर र पिटर […]

April 26, 2018

बायर्नका रोबेन, बोटेङ र मार्टिनेजको चोट कति गम्भिर?

म्युनिख (एजेन्सी) – रियल म्याड्रिडविरुद्ध युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनल सुरु हुनुअघि बायर्नलाई खेलाडीको चोटले सताएको थियो । रियलविरुद्धको खेलमा तीन खेलाडी चोटका कारण बाहिरीपछि बायर्न थप समस्यामा पारेको छ । खेलको छैटौं मिनेटमा विङ्गर आर्जेन रोबेनलाई गुमाएको बायर्नले उनको स्थानमा थियागोलाई मैदानमा उतारेको थियो । ३४ वर्षीय रोबेनको अनुपस्थितिका कारण बायर्नको आक्रमण केहि कमजोर देखिएको […]

Success

Thank you for your time.