default_image

ताजा समाचारहरु

December 24, 2016

नेपाली टोली साफ च्याम्पियनसिप यात्रामा निस्कियो

काठमाडौं (हाम्रो खेलकुद)– महिला साफ च्याम्पिनसिप फुटबलमा च्याम्पियन बन्ने लक्ष्यका साथ नेपाली टोली शनिबार भारत भ्रमणमा निस्केको छ । भारतको सिलगुढीमा हुने साफ च्याम्पिनयसिपको चौथो संस्करणमा नेपालले सोमबार भुटानसँग खेल्नेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष नरेन्द्र श्रेष्ठलगायत पदाधिकारीले टोलीको विदाइ गरेका थिए । शुभकामना दिदै एन्फा अध्यक्ष श्रेष्ठले भने ‘तपाईहरुलाई सफलताको शुभकामना […]

December 24, 2016

महिला भलिबलमा एपिएफको विजयी सुरुआत

विराटनगर (हाम्रो खेलकुद) – सातौं राष्ट्रिय खेलकुदको दोस्रो दिन शनिबार महिला भलिबलमा एपिएफले विजयी सुरुआत गरेको छ । इटहरीस्थित रंगशालामा भएको खेलमा उपाधि दाबेदार एपिएफले मध्यपश्चिमाञ्चलमाथि २५–१०,२५–७,२५–६ को सहज जित हासिल गरेको थियो । महिला भलिबलमा पाँच विकास क्षेत्र तथा तीन विभागिय गरि ८ टोलीको सहभागिता रहेको छ ।

December 24, 2016

सातौं राष्ट्रिय खेलकुदको दोस्रो दिन आठ खेल हुने

विराटनगर (हाम्रो खेलकुद)– पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदको दोस्रो दिन शनिबार विभिन्न ७ खेल हुँदैछन् । यी हुन् शनिबारका प्रतिस्पर्धा । खेल                                                        सुरु हुने समय       […]

Nepal Women Team Football

December 23, 2016

साफ च्याम्पियन महिला फुटबल टोलीको लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाको महिला फुटबलमा नेपाल फाइनलको स्वभाविक दाबेदार हो । अघिल्ला तीनै संस्करणमा नेपाली टोली उपविजेता बनेर फर्केको थियो । फेरी एकपटक च्याम्पियन बन्ने लक्ष्यका साथ नेपाली टोली शनिबार भारतको सिलगुढी यात्रामा निस्किदैछ । स्वभाविक छ, हरेक पटक जस्तै यसपटक पनि च्याम्पियन बनेर फर्कने लक्ष्यका साथ नेपाली टोली त्यहाँ पुग्दैछ । […]

paras khadka

December 23, 2016

एपिएफका पारसको अलराउन्ड प्रदर्शन, मध्यमाञ्चलको पनि विजयी सुरुआत

विराटनगर (हाम्रो खेलकुद) – सातौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा सशस्त्र प्रहरीको एपिएफ र मध्यमाञ्चलले विजयी सुरुआत गरेका छन् । मोरङको वैजनाथपुरमा भएको पहिलो खेलमा पारस खड्काको अलराउन्ड प्रदर्शनमा एपिएफले मध्यमपश्चिमाञ्चललाई २६ रनले पराजित गर्यो ।  पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ४५ जोडेको थियो । एपिएफका लागि सन्दीप सुनारले […]

December 23, 2016

बगर भाई खलक भेट्रान फुटबलको क्वार्टरफाइनलमा

पोखरा (हाम्रो खेलकुद)– बगर भाई खलक ‘ए’, लायन्स क्लव अफ मुनाल, सिएमजी काठमाडौं,फोर्टी फाउन्डेसन र नाइट किंग पोखरामा जारी भेट्रानको क्वार्टरफाइनलमा पुगेका छन् । पोखराको पुरानो टुडिखेलमा जारी प्रतियोगितामा शुक्रबार बगर भाइ खलक ए ले बुटवल सोसाइटीलाई ३–१ ले हरायो । बगरका लागि बिशाल गुरुङले २ र राजेन्द्र तामाङले एक गोल गरे । बुटवलको लागि […]

ranjan-bista

December 23, 2016

राष्ट्रिय खेलकुदको पहिलो दिन एपिएफको दबदबा

दिपेन्द्र पोखरेल विराटनगर– सातौं राष्ट्रिय खेलकुदको औपचारिक सुरुवात भएको पहिलो दिन शुक्रबार सशस्त्र प्रहरी बल (एपिएफ) का लागि सुखद रह्यो । क्रिकेट र फुटबल दुवै खेलमा एपिएफले दोहोरो जित हासिल गरेको छ । चारै खेलमा एपिएफले शतप्रतिशत नतिजा हात निकालेको हो । महिला फुटबल महिला फुटबल अन्तर्गतको खेलमा बिभागिय डर्बीमा एपिएफले त्रिभुवन आर्मी क्लब लाई […]

December 23, 2016

शंखमुल रेडबुल फुटसलको फाइनलमा, उपाधिका लागि सामाखुसीसँग भिड्ने

काठमाडौं (हाम्रो खेलकुद)– शंखमुल र सामाखुसी रेडबुल फुटसल लिगको उपाधिका लागि भिड्ने भएका छन् । ताहचल फुटसलसँग शुक्रबार ७–२ ले पराजित भएपनि पहिलो लेगको फराकिलो जितका कारण शंखमुल फाइनल पुग्न सफल भएको छ । पहिलो खेलमा शंखमुल ९–१ ले विजयी भएको थियो । समग्रमा ११–८ को अग्रताका साथ शंखमुल उपाधि नजिक पुगेको हो । दोस्रो […]

cricket

December 23, 2016

महिला क्रीकेटमा एपिएफ र पुर्वाञ्चल विजयी

बिराट्नगर – (हाम्रो खेलकुद) – सातौ राष्ट्रिय खेलकुद अन्तर्गतको महिला क्रीकेटमा आज पहिलो दिन एपिएफ र आयोजक पुर्वाञ्चलले विजयी सुरुवात गरेका छन । पहिलो खेलमा एपिएफले मध्यमाञ्चललाई ६१ रनले हराएको छ । टस जितेर पहिलो ब्याटिङ गरेको सशस्त्र प्रहरी बल(एपिएफ)ले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै ११५ रन जोडेको थियो । एपिएफकोलागी सारीता मगरले ४३ […]

December 23, 2016

ओल्ड दरबार लायन्स गल्फमा ध्रुबको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)– ओल्ड दरबार लायन्स सेन्टेनियल ओपन गल्फ प्रतियोगिताको पहिलो दिन ध्रुब थापाले अग्रता लिएका छन् । रोयल नेपाल गल्फ क्लबमा शुक्रबार सुरु भएको प्रतियोगितामा ध्रुब थापा र पिसानु चार्नफुनले समान ३६ स्कोर गरेका छन् । काउन्ट ब्याकका आधारमा ध्रुब अगाडी छन् । १८ ह्यान्डिक्यापका ध्रुबले फ्रन्ट नाइनमा १६ र ब्याक नाइनमा २० स्कोर […]

Success

Thank you for your time.