6 years ago
November 10, 2019
ढाका (हाम्रो खेलकुद) – माल्दिभ्सले बंगलादेशमा जारी प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ ।

आइतबार भएको दोस्रो खेलमा माल्दिभ्सले आयोजक बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियनसिपमा लगातार दोस्रो जित हात पारेको हो । मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा भएको खेलमा माल्दिभ्सले पहिलो सेटमा २५–१६ को सहज जित निकालेको थियो ।
निकै नै प्रतिस्पर्धात्मक बनेको दोस्रो सेटमा माल्दिभ्स खेलमा पछि परेपनि रोमाञ्चक जित निकाल्न सफल भयो । खेलमा शुरुवात देखि नै पछि परेको माल्दिभ्सले २१–२१ अंक बराबरीमा ल्याएर खेलमा पुनरागमन गर्दै २७–२५ को जित निकाल्न सफल भएको थियो । तेस्रो सेटमा माल्दिभ्स २५–२२ ले विजयी रह्यो । लगातार दोस्रो जित निकालेको माल्दिभ्सले दुई खेलबाट ५ अंक जोडेको छ । माल्दिभ्सले पहिलो खेलमा किर्गिस्तानमाथि ३–२ को रोमाञ्चक जित निकालेको थियो ।
पहिलो हार बेहोरेको घरेलु टोली बंगलादेशको ३ अंक छ । नेपालको पनि ३ अंक नै छ । किर्गिस्तानले १ अंक जोडेको छ । दुवै खेलमा हार बेहोरेको अफगानिस्तान अंकविहीन छ । आइतबारै नेपालले अफगानिस्तानमाथि २५–४, २५–९ र २५–६ को सहज जित हात पारेको थियो ।
च्याम्पियनसिपमा सोमबार दुई खेल हुनेछ । पहिलो खेलमा नेपालले किर्गिस्तानसँग खेल्नेछ । दोस्रो खेलमा अफगानिस्तान र माल्दिभ्सबीच खेल हुनेछ ।
यो पनि :
राष्ट्रिय टोलीमा डेब्युपछि यसो भन्छन् खेलाडी
प्रतिभा बनिन् ‘प्लेयर अफ दि म्याच’
सेन्ट्रल जोन: अफगानिस्तानमाथि नेपालको एकपक्षीय जित
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]