8 years ago
March 11, 2018
काठमाडौं (हाम्रो खेलकुद) – सशस्त्र प्रहरी बल (एपीएफ) नेपालको केन्द्रिय खेलकुद समितिको आयोजनामा ‘१४ औं राष्ट्रव्यापी कृष्ण मोहन स्मृति खुुल्ला व्याडमिन्टन प्रतियोगिता’ र ‘दशौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता’ आइतबारबाट शुरु भएको छ ।
प्रतियोगिता अन्तर्गत आइतबार भएको लनटेनिसको इन्टर गभर्मेन्टल सर्भिस इभेन्टको एकलतर्फको खेलमा एपीएफका सुरज कुमार श्रेष्ठले त्रिभुवन आर्मी क्लवका संजय कुमार झालाई ६–४, ४–६ र ११–९ ले पराजित गरे । श्याम खड्काले एपीएफका नरेन्द्र कुमार सिंहलाई ६–३ र ७–५ ले पराजित गरे । त्रिभुवन आर्मी क्लवका उत्तम बोगटीले विकास पाण्डेलाई ६–४ र ६–४ ले पराजित गरे । एपीएफका त्रिभुवन विष्टले एपीएफकै दिवाकर केसीलाई ६–२ र ६–२ ले पराजित गर्दै विजयी शुरुवात गरे । यसैगरी पुरुष एकलतर्फको खेलमा पोखराका अनिल शाहीले काठमाडौंका दिनेश डंगोलबाट वाक ओभर पाए ।
४५ वर्षमाथिको भेन्ट्रान्स एकलतर्फको खेलमा काठमाडौंका राजु राईले एपीएफका सन्जीव कुमार श्रेष्ठलाई ६–१ र ६–४ ले पराजित गरे । अर्काे खेलमा काठमाडौंका राजेश क्षेत्रीले काठमाडौंकै अर्जुनकुमार श्रेष्ठलाई ६–१ र ६–१ ले पराजित गरे । ३५ वर्षमाथि भेन्ट्रास एकलतर्फको खेलमा नरेश बहादुर श्रेष्ठले काठमाडौंका विजयी महर्जनलाई ६–१ र ६–१ ले पराजित गर्दा काठमाडौंका मुक्तिसेन गुरुङले काठमाडौंकै गणेश ठकुरीलाई ६–१ र ६–२ ले पराजित गरे । ५५ वर्षमाथि भेन्ट्रान्स एकलतर्फको खेलमा मकवानपुरका कमल थापाले काठमाडौंका पवित्रजंग रायमाझीलाई ६–१ र ६–० ले पराजित गरेका छन् भने ललितपुरका कृष्णराज घले र काठमाडौंका विष्णुप्रसाद गैरेले वाक ओभर पाए ।
आइतबारबाटै शुरु भएको व्याडमिन्टन प्रतियोगिता अन्तर्गत कैलालीका योगेश खड्काले जेष्ट व्याडमिन्टन एकेडेमीका अर्जुन बस्नेतलाई २१–१५, १५–२१ र २१–१३ ले, जेष्ठ एकेडेमीकै सुजन थापाले त्रिभुवन आर्मी क्लवका रिजन महर्जनलाई २१–१७, १८–२१ र २१–१४ ले तथा काठमाडौंका गोकुल तामाङले कपिलवस्तुका मनिष महरालाई २१–११, १६–२१ र २१–१६ ले पराजित गर्दै विजयी शुरुवात गरेका छन् । नेपाल पुलिका क्लबका हिरा राईले धनुषाका कमल श्रेष्ठबाट वाक ओभर पाए ।
प्रतियोगिताको उद्घाटन सशस्त्र प्रहरी महानिरीक्षक सिंह बहादुर श्रेष्ठले सम्बन्धित खेलका मुख्य रेफ्रीहरुलाई बल तथा कर्क हस्तान्तरण गरी उक्त प्रतियोगिताको संयुक्त रुपमा गरे ।
१० इभेन्ट्स समावेश ब्याडमिन्टन प्रतियोगितामा ४३ महिलासहित कूल २४५ जना खेलाडीहरुको सहभागिता रहेको छ । ब्याडमिन्टनतर्फ पुरुष एकलको विजेताले ६० हजार, दोस्रोले ३० हजार र तेस्रोले २५ हजार पाउनेछन् । क्वाटरफाइनलमा पुग्ने प्रत्येकले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । महिला एकलको विजेताले ५० हजार, दोस्रोले २५ हजार र तेस्रो हुनेले १२ हजार ५ सय प्राप्त गर्नेछन् । पुरुष युगलको विजेताले ६० हजार, उपविजेताले ३० हजार तथा तेस्रो हुनेले २५ हजार प्राप्त गर्नेछन् । यसैगरी महिला युगलको विजेताले ४० हजार, दोस्रोले २५ हजार तथा तेस्रो हुनेले २० हजार प्राप्त गर्नेछन् ।
१० इभेन्ट्स समावेश लन टेनिसमा ९ जना महिलासहित कुल १ सय ४५ जना खेलाडीहरुकोे सहभागिता रहेको छ । पुरुष एकलमा प्रथम हुनेले ६० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार रुपैयाँ, तेस्रो हुनेले २० हजार रुपैयाँ र क्वाटरफाइनमा पुग्ने प्रत्येकले ५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । महिला एकलको विजेताले ६० हजार रुपैयाँ, दोस्रोले ३० हजार रुपैयाँ र तेस्रोले १० हजार रुपैया पाउनेछन् । लनटेनिसतर्फकै पुरुष युगलको विजेताले ४० हजार, दोस्रो र तेस्रोले समान २० हजार पाउनेछन् । महिला युगलतर्फको विजेताले ४० हजार र दोस्रो र तेस्रो हुनेले समान २० हजार पाउनेछ । भलिबलको विजेताले २ लाख ५० हजार प्राप्त गर्नेछन् । दोस्रो हुनेले १ लाख २५ हजार तथा तेस्रो हुनेले ५० हजार प्राप्त गर्नेछन् ।
विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरु प्रत्येकलाई ५ हजार रुपैयाँ तथा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटी प्राप्त गर्नेछन् । प्रतियोगिताका खेलहरु सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुस्थित एपीएफ क्लब हल, लनटेनिस कोर्ट, भलिबल कोर्ट र सातोबाटोस्थित लनटेनिस कोर्टमा संचालन भइरहेका छन् ।
December 2, 2025
काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]
November 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]
September 1, 2025
सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]