8 years ago
March 12, 2018
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबकी मायांका राणा र नेपाल पुलिस क्लबकी माहिका राणा १० औं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिताको सेमिफाइनलमा पुग्न सफल भएका छन् ।

सशस्त्र प्रहरी बलको मुख्यालय हल्चोकमा सोमबार भएको क्वार्टरफाइनलमा मायांकाले नेपाल एपीएफ क्लवकी अन्ने माथेमालाई ६–१ र ६–१ को सोझो सेटमा पराजित गर्दै अन्तम चारमा स्थान बनाएकी हुन । अर्काे खेलमा जुम्ल्याहा बहिनी पुलिसकी माहिकाले ललितपुरकी अभिलाषा विष्टलाई ६–१ र ६–२ को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिन् । क्वार्टर फाइनलको अर्काे खेलमा त्रिभुवन आर्मी क्लवकी इरा रावतले एपीएफकी भगवती बिकलाई ६–२ र ६–० को तथा पोखराकी गंगा शर्माले एपीएफकी इन्द्रकला श्रेष्ठलाई ६–१ र ६–० को सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाइन् ।
पुरुष एकलतर्फको क्वार्टरफाइनल खेलमा ललितपुरका जितेन्द्र परियार, नेपाल पुलिस क्लवका कमल भण्डारी, बुटवलका विकास खड्का र ललितपुरका निशान श्रेष्ठले सेमिफाइनलमा स्थान बनाए । पुरुष युगलतर्फको क्वार्टरफाइनल खेलमा नेपाल पुलिस क्लवका प्रणव खनाल र कमल भण्डारीको जोडी, काठमाडौंका मानबहादुर कटुवाल र जीवन घिमिरेको जोडी, ललितपुरका जितेन्द्र परियार र सन्तोष खत्रीको जोडी र पोखराका प्रदिप खड्का र अनिल शाहीको जोडीले आ–आआफ्ना प्रतिदद्वन्दीलाई पाखा लगाउदै अन्तिम चारमा पुग्न सफल भए ।
१० इभेन्ट्स समावेश लन टेनिसमा ९ जना महिलासहित कूल १ सय ४५ जना खेलाडीहरुकोे सहभागिता रहेको छ । पुरुष एकलमा प्रथम हुनेले ६० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार रुपैयाँ, तेस्रो हुनेले २० हजार रुपैयाँ र क्वाटरफाइनमा पुग्ने प्रत्येकले ५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । महिला एकलको विजेताले ६० हजार रुपैयाँ, दोस्रोेले ३० हजार रुपैयाँ र तेस्रोले १० हजार रुपैया पाउनेछन् ।
लनटेनिसतर्फकै पुरुष युगलको विजेताले ४० हजार, दोस्रो र तेस्रोले समान २० हजार पाउनेछन् । महिला युगलतर्फको विजेताले ४० हजार र दोस्रो र तेस्रो हुनेले समान २० हजार पाउनेछ । भलिबलको विजेताले २ लाख ५० हजार प्राप्त गर्नेछन् । दोस्रो हुनेले १ लाख २५ हजार तथा तेस्रो हुनेले ५० हजार प्राप्त गर्नेछन् । विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरु प्रत्येकलाई ५ हजार रुपैयाँ तथा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटी प्राप्त गर्नेछन् ।
December 2, 2025
काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]
November 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]
September 1, 2025
सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]