8 years ago
March 12, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्वर एक त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र एपीएफका साजनकृष्ण ताम्राकार १४ औं राष्ट्रव्यापी कृष्ण मोहन स्मृति खुुल्ला ब्याडमिन्टन प्रतियोगिता अन्तर्गतको पुरुष एकलतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

आर्मीका रत्नजितले कैलालीका देवराज रानालाई २१–१२ र २१–१२ ले पराजत गर्दै क्वार्टरफाइनलमा स्थान बनाउदा एपीएफका साजनकृष्ण ताम्राकारले एपीएफकै इन्द्र बहादुर महतोलाई २१–१४ र २१–१० ले पराजित गर्दै अन्तम आठमा स्थान बनाएका हुन् । आर्मीकै प्रज्वल महर्जनले एपीएफका सुदिप सेढाँईलाई २१–११ र २१–१९ ले, भोजपुरका विकास श्रेष्ठले एपीएफका गौतम कठायतलाई २१–१९ र २१–१९ ले, दार्चुलाका प्रिन्स दाहालले नेपाल पुलिस क्लबका दिपक बोहोरालाई २१–७ र २१–१७ ले तथा त्रिभुवन आर्मी क्लबका नविन श्रेष्ठले नेपाल पुलिस क्लबका जीवन आचार्यलाई २१–१२ र २१–१६ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाए ।
महिला युगलततर्फ झापाकी सानुमाया मुखिया र जेसिका गुरुङको जोडी, आर्मीकी अमिता गिरी र रशिला महर्जनको जोडी र एपीएफकी पुजा श्रेष्ठ र शिक्षा श्रेष्ठको जोडीले आ–आफ्नो प्रतिद्धन्द्धीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाउन सफल भईन् । आर्मीकी नङ्सलादेवी तामाङ र अनुमाया राईको जोडीले एपीएफकी सीता दाहाल र ज्ञानु लिम्बुको जोडीबाट वाक ओभर पाए । ४५ वर्षमाथि भेन्ट्रान्स युगलतर्फ जेष्ठ व्याडमिन्टन एकेडेमीका प्रेम घले र उमेश केसीको जोडी, काठमाडौंका राजु महर्जन र सुनिल बज्राचार्यको जोडी विजयी भए ।
१० इभेन्ट्स समावेश ब्याडमिन्टन प्रतियोगितामा ४३ महिलासहित कूल २४५ जना खेलाडीहरुको सहभागिता रहेको छ । ब्याडमिन्टनतर्फ पुरुष एकलको विजेताले ६० हजार, दोस्रोले ३० हजार र तेस्रोले २५ हजार पाउनेछन् । क्वाटरफाइनलमा पुग्ने प्रत्येकले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । महिला एकलको विजेताले ५० हजार, दोस्रोले २५ हजार र तेस्रो हुनेले १२ हजार ५ सय प्राप्त गर्नेछन् । पुरुष युगलको विजेताले ६० हजार, उपविजेताले ३० हजार तथा तेस्रो हुनेले २५ हजार प्राप्त गर्नेछन् । यसैगरी महिला युगलको विजेताले ४० हजार, दोस्रोले २५ हजार तथा तेस्रो हुनेले २० हजार प्राप्त गर्नेछन् ।
प्रतियोगिताका खेलहरु सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुस्थित एपीएफ क्लब हल, लनटेनिस कोर्ट, भलिबल कोर्ट र सातोबाटोस्थित लनटेनिस कोर्टमा संचालन भइरहेका छन् ।
December 2, 2025
काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]
November 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]
September 1, 2025
सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]