7 years ago
August 7, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल च्याम्पियन अरहान्त केशर सिंह र रत्नकाजी शाक्य तेस्रो धनलक्ष्मी महर्जन मेमोरियल राष्ट्रिय स्क्वास च्याम्पियनसपको दोस्रो चरणमा प्रवेश गरेका छन् ।
सातदोबाटोस्थित स्क्वास कोर्टमा मंगलबार भएको पुरुष खुल्ला एकलतर्फको खेलमा नेपाल च्याम्पियन अरहान्त केशर सिंहले सुर्जनराज श्रेष्ठलाई ३–० ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका हुन् । पुरुष खुल्ला एकलतर्फ रत्नकाजी शाक्यले अमिर ब्लोनलाई ३–१ को सेटमा पराजित गर्दै दोस्रो चरणमा स्थान बनाएका हुन् ।
ज्ञानु चौधरीले शैलेस अमात्यलाई ३–० ले तथा प्रवेश कंशकारले शम्भु तण्डुकारलाई ३–० ले पराजित गर्दै दास्रो चरणमा स्थान बनाए । यस्तै एरिक लाटोर्रेले स्टिभ फ्रान्सिसलाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै दोस्रो चरणमा स्थान सुरक्षित गरे । काशिराम भण्डारी, राजेन्द्र शाक्य, रोबिन शाक्यले आ–आफ्ना प्रतिद्धन्द्धी लाई पराजित गरी दोस्रो चरणमा स्थान बनाए ।
पुरुष मास्टर खुल्ला ५० बर्षमाथि सुरेश गुरुङ र रुपेश दास ताम्राकारले दोस्रो चरणमा स्थान पक्का गरे । सुरेशले किरण श्रेष्ठलाई ३– ० ले हराए । यस्तै रुपकले कमल शाक्यलाई ३–१ ले हराए । पुरुष मास्टरतर्फ नै अनिल बजाचार्य, मित्रलाल गुरु, निशान्त अग्रवाल, मनोज बहादुर श्रेष्ठ र मधुभन मास्केले दोस्रो चरणमा स्थान बनाए ।
नेपाल स्क्वास राकेट्स संघले आयोजना गरेको प्रतियोगितामा पुरुष खुल्ला, महिला खुल्ला, मास्टर खुल्ला पुरुष ५० बर्ष भन्दा माथि, जुनियर ब्वाईज अन्डर १९, जुनियर ब्वाईज अन्डर १५, जुनियर गल्र्स अन्डर १५ तथा प्लेट गरी ७ विधामा प्रतिस्पर्धा भईरहेको छ ।
December 2, 2025
काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]
November 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]
September 1, 2025
सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]