7 years ago
August 8, 2018
काठमाडौं (हाम्रो खेलकुद) – डिफेन्डिङ च्याम्पियन भावना सुनुवार र कृष्णा थापा तेश्रो धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको महिला सिंगल्सतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सातदोबाटोस्थित स्क्वास कोर्टमा बुधबार भएको महिला एकलतर्फको खेलमा भावनाले आयुशा श्रेष्ठ तथा कृष्णले श्रीमाया लामालाई समान ३–० को नतिजामा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन् । सोही स्पर्धामा स्वास्थानी श्रेष्ठले सपना ब्लोनलाई ३–० तथा विपना ब्लोनले मुस्कान राउतलाई ३–० को सोझो सेटमा हराउदै सेमिफाइनलमा स्थान बनाए ।
पुरुष सिंगल्समा राकेश गुप्ताले लोकेन्द्र भण्डारीलाई ३–१, राजेन्द्र शाक्यले काशीराम भण्डारीलाई ३–०, ज्ञानु चौधरीले एरिक लोटोरीलाई ३–०, प्रवीणवीरसिंह कंशाकारले निशान्त अग्रवाललाई ३–०, दिलिप अधिकारीले रत्नकाजी शाक्यलाई (रिटायर्ड हर्ट), अमृत थापा मगरले रविन देवकोटालाई ३–० र अरहान्तकेशर सिंहले विजय मगरलाई ३–० ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
मास्टर्स ५० वर्षमाथि सिंगल्समा सुदीपबहादुर सिंह, इन्द्रबहादुर कार्की, किशोर महर्जन, प्रेम सिंह, मनोजबहादुर श्रेष्ठ, सुरेश गुरुङ र अनिल वज्राचार्य क्वाटरफाइनलमा पुगे ।
यु–१५ ब्वाइज सिंगल्समा सलिन थापा मगर, विकास मगर, रोहन नेपाली र राजेश परियार सेमिफाइनलमा पुगे । त्यसै स्पर्धाको गल्र्समा मुस्कान राउत, सपना ब्लोन, आयुशा श्रेष्ठ र श्रीमाया लामा सेमिफाइनलमा प्रवेश गरे ।
December 2, 2025
काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]
November 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]
September 1, 2025
सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]