default_image

6 years ago

October 9, 2019

प्रिन्स दक्षिण एसिया यू २१ च्याम्पियनसिपको फाइनलमा

228 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– युवा ब्याडमिन्टन स्टार प्रिन्स दाहाल माल्दिभ्समा जारी दक्षिण एसिया यू २१ क्षेत्रिय ब्याडमिन्टन च्याम्पियनसिपको फाइनलमा पुगेका छन् । बुधबार भएको अन्तिम चारको खेलमा श्रीलंका खेलाडीलाई २–१ ले हराउँदै अन्तिम दुईको यात्रा तय गरेका हुन् ।

पहिलो सेट गुमाएका प्रिन्सले दोस्रो र तेस्रो सेट आफ्नो पक्षमा पारेका थिए । प्रिन्सले च्याम्पियनसिपमा चौथो वरियता प्राप्त रनथुस्का ससिन्दुलाई १८ –२१,२१–१५,२१–१८ ले हराएका थिए । प्रिन्सले ४२ मिनेटमै नतिजा आफ्नो पक्षमा पारेका थिए ।

यसअघि प्रिन्स सम्मलित नेपाली टोलीले च्याम्पियनसिपको मिक्स टिममा कास्य पदक जितेको छ । नेपाली टोली भारतसँग ३–२ ले पराजित हुँदै फाइनल पुग्नबाट बञ्चित भएको थियो । त्यसअघि बंगलादेश र माल्दिभ्सलाई समान ३–२ ले हराउँदै नेपाली टोली सेमिफाइनल पुगेको थियो ।

प्रिन्ससहित टोलीमा प्रिन्स दाहाल, प्रफुल महर्जन, रुकेश मर्हजन, रसिला मर्हजन, जेसिका गुरुङ र सिमा राजवंशी छन् । टोलीको प्रशिक्षकमा किरण थापा र व्यवस्थापकमा नेपाल ब्याडमिन्टन संघका सचिव नविनविक्रम शाह छन् ।

December 2, 2025

जनकपुरको पाँचौं खेलमा पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]

November 3, 2025

मिस्टिक माउन्टेन टेनिस हुँदै

काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]

September 1, 2025

लेख र निशानको जोडी च्याम्पियन

सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्‍मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]

Success

Thank you for your time.