6 years ago
October 10, 2019
काठमाडौं (हाम्रो खेलकुद)– युवा ब्याडमिन्टन स्टार प्रिन्स दाहालले दक्षिण एसिया जुनियर यू २१ ब्याडमिन्टन च्याम्पियनसिपमा रजत पदक जितेका छन् । माल्दिभ्समा जारी च्याम्पियनसिमा बिहीबार मेन्स सिंगलको फाइनलमा तेस्रो वरियताका भारतीय सारथ डुन्नासँग प्रिन्स २–० ले पराजित भएका थिए ।
मंसिरमा स्वदेशमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि समेत छनोट भइसकेका प्रिन्स २१–१४ र २१–१६ ले पराजित भएका थिए । प्रिन्सले पछिल्लो केहि वर्षयता जुनियर र सिनियर स्तरमा उच्च प्रदर्शन गर्दै आइरहेका छन् ।
माल्दिभ्स जानुअघि मात्र पनि उनले अन्नपूर्ण अन्तर्राष्ट्रिय ब्याडमिन्टन सिरिजमा कास्य पदक जितेका थिए । त्यो सिरिजमा कास्य पदक जित्ने प्रिन्स एकमात्र नेपाली हुन् । त्यसअघि उनले दुवई ओपनमा यू १९ च्याम्पियनसिपमा जितेका थिए ।
त्यसअघि प्रिन्स सम्मलित नेपाली टोलीले च्याम्पियनसिपको मिक्स टिममा कास्य पदक जितेको छ । नेपाली टोली भारतसँग ३–२ ले पराजित हुँदै फाइनल पुग्नबाट बञ्चित भएको थियो । त्यसअघि बंगलादेश र माल्दिभ्सलाई समान ३–२ ले हराउँदै नेपाली टोली सेमिफाइनल पुगेको थियो ।
प्रिन्ससहित टोलीमा प्रिन्स दाहाल, प्रफुल महर्जन, रुकेश मर्हजन, रसिला मर्हजन, जेसिका गुरुङ र सिमा राजवंशी छन् । टोलीको प्रशिक्षकमा किरण थापा र व्यवस्थापकमा नेपाल ब्याडमिन्टन संघका सचिव नविनविक्रम शाह छन् ।
December 2, 2025
काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]
November 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]
September 1, 2025
सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]