6 years ago
November 8, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको दोस्रो वरीयताका दिपेश धामी पाकिस्तानमा जारी योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजको पुरुष एकलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

पाकिस्तान स्पोर्टस् कम्प्लेक्समा शुक्रबार भएको प्रि–क्वाटरफाइनल खेलमा धामीले पाकिस्तानकै मोहम्मद अली लारोसलाई २–० को सोझो सेटमा पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेको हो । प्रतिस्पर्धात्मक बनेको पहिलो सेटमा दिपेशले २१–१९ को तथा दोस्रो सेटमा २१–११ को सहज जत हात पारेको थियो ।
अब धामीले सेमिफाइनल प्रवेशका लागि आजै अफ्रिकन राष्ट्र मौरीटियसका जर्ज जुलियन पउलसँग खेल्नेछ । त्यसअघि दिपेशले पाकिस्तानकै हुसेन साहिदाइृ २१–७ र २१–११ को सेटमा पराजित गर्दै प्रि–क्वाटरफाइनलमा स्थान बनाएको थियो । नेपाल नम्वर वान रत्नजित तामाङ र बिकास श्रेष्ठ पहिलो खेलमै निराश बने ।
महिला एकलमा नेपालका अनुमाया राई प्रि–क्वाटरफाइनलमा तथा अमिता गरी पहिलो खेलबाट अघि बढ्न सकेन । मिक्स डबल्समा रत्नजित तामाङ र अनुमायाको जोडी पाकिस्तानी जोडीसँग २१–१५ र २१–१४ को सेटमा तथा महिला डबल्समा अनुमाया राई र अमिता गिरीको जोडी पाकिस्तानी खेलाडीसँग नै पराजित भइन् ।
रत्नजित र दिपेशको जोडीले मेन्स डबल्समा आजै पाकिस्तानी जोडीसँग खेल्नेछ । दिपेश र अनुमाया राईको जोडीले आजै मिक्स डबल्स्मा माल्दिभ्सका खेलाडीसँग प्रतिस्पर्धा गदर्दैछ ।
December 2, 2025
काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]
November 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]
September 1, 2025
सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]