default_image

6 years ago

January 7, 2020

बिडब्लूएफ वरियतामा प्रिन्सको ठुलो छलाङ

193 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टन युवा स्टार प्रिन्स दाहालले विश्व ब्याडमिन्टनको जुनियर वरियतामा ठुलो छलाङ मारेका छन् ।  विश्व ब्याडमिन्टन महासंघ (बिडब्लूएफ) ले सोमबार राति जारी गरेको वरियतामा प्रिन्स १४औं स्थानमा उक्लिए । उनले १८ स्थान छलाङ मारेका हुन् । यसअघि उनी ३२औं स्थानमा रहेको थिए ।

यो उनको अहिलेसम्मकै उत्कृष्ट वरियाता हो । बिडब्लूएफले हरेक साता निकाल्ने वरियतामा प्रिन्स गत साता ३२औं स्थानमा थिए । प्रिन्सले पछिल्लो केहि वर्षयता जुनियर ब्याडमिन्टनमा उच्च प्रदर्शन गर्दै आएका छन् ।

प्रिन्सका मामा तथा प्रशिक्षक कमलेश निरौलाले यो सफलता प्रिन्सको मात्र नभई देशकै ब्याडमिन्टनको सफलता भएको बताएका छन् । प्रशिक्षक निरौलाले यही वरीयतालाई कायम राख्न सके यही खेलाडीहरुले पछि सिनियर वल्ड च्याम्पियनसिप र ओलम्पिक खेल्न सक्ने बताएका छन् ।

जुनियर वरियतामा फ्रान्सका क्रिस्टो पोपोभ शीर्ष बरीयतामा रहेका छन् । चीनका लिउ लियाङ दोस्रो तथा भारतका मेइरावा र भरुण कपुर तेस्रो र चौथो बरीयतामा छन् । चीनका रेन चिङ मिन पाँचौं, मलेसियाका कोक जिन हङ छैटौ, डेनमार्कका माड्स जुयल मोलर सातौं, इंग्ल्यान्डका इथान रोस आठौं, जर्मनीका म्याथियस किकलिट्ज नवौं तथा भारतका प्रियन्सु राजवात शीर्ष १० भित्र अटाएका छन् ।

डेनमार्कका मग्नस जोहाननेसन र एक्सेल हेनरिक क्रमश ११औं र १२औं स्थनमा रहेका छन् । फिनल्यान्डका जोआकिम ओल्ड्रफ १३औं स्थानमा तथा फ्रान्सका मार्टिन १५औं स्थानमा रहेका छन् ।

December 2, 2025

जनकपुरको पाँचौं खेलमा पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]

November 3, 2025

मिस्टिक माउन्टेन टेनिस हुँदै

काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]

September 1, 2025

लेख र निशानको जोडी च्याम्पियन

सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्‍मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]

Success

Thank you for your time.