6 years ago
January 8, 2020
काठमाडौं (हाम्रो खेलकुद)– दुबई इन्टरनेशनल सिरिजका विजेता ब्याडमिन्टनका युवा स्टार खेलाडी प्रिन्स दाहाल प्रथम प्रेसिडेन्ट कप नेपाल जुनियर इन्टरनेशनल सिरिजमा विजयी सुरुवात गर्न सफल भएका छन् ।
त्रिपुरेश्वरथित राखेप कभर्डहलमा बुधबार प्रिन्सले भारतका आर। बिकास प्रभुलाई २१–१५, ७–२१, २१–१४ को जित निकाल्दै पुरुष एकलतर्फ सेमिफाइनल यात्रा तय गर्न सफल भए । नरेन्द्र बमले भने भारतका नितिन कुमारबाट वाक ओभर प्राप्त गरे ।
यु–१९ को मात्र प्रतिस्पर्धा रहेको प्रतियोगितामा प्रिन्सले जित निकाल्दै गर्दा अन्य नेपाली खेलाडीहरुले भने उनलाई पछ्याउन सकेनन् । पुरुष एकलतर्फ जेबि साउद भारतका खेलाडी शिभम कुमार मिश्रसँग २१–१६ र २१–११ ले पराजित भए ।
प्रियान्शु सिंह क्षेत्री श्रीलंकाका दुमिन्दु अवेविक्रमासँग २१–१३ र २१–१४ ले, पेम्बा शेर्पा श्रीलंकाकै दिगायु कहातापितिया संग १७–२१, २१–८ र २२–२० को प्रतिस्पर्धात्मक खेलमा पराजित भए ।
यस्तै गोकुल जोरा भारतका अभिन बशिष्ठसँग २१–९ र २१–९ को समान अन्तरले तथा अमृत चौधरी भारतका आयान रशिद संग २१–८ र २१–७ को सोझो सेटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिए ।
महिला एकलतर्फ पनि नेपाली खेलाडीहरुले पहिलो चरण पार गर्न सकेनन् । प्रसुना खत्री मलेसियाकी श्रन्या कबिलान संग २१–१० र २१–९ ले तथा बिष्णा बिष्ट भारतकी अनुपमा उपाध्यायसंग २१–४ र २१–६ ले पराजित हुन पुगिन् ।
December 2, 2025
काठमाडौं(हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ। उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए। जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७. ३ […]
November 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । होटल मिस्टिक माउन्टेनको आयोजनामा प्रतियोगिता मंगलवारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ। प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/ गर्ल्स […]
September 1, 2025
सुशील पन्त क्षेत्री, चितवन तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो । प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम […]